अर्थतन्त्र

विश्व पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ असोज, विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनि सडक महोत्सव २०८३’ आयोजना गर्ने तयारी गरेको छ । यही असोज ११ गते ( २७ सेप्टेम्बर २०२६) मा लेकसाइड क्षेत्रमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सहित उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराले आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=WOzzAlYVOC0&t=36s विश्व पर्यटन दिवस २०२६ को मूल सन्देश ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ लाई… पुरा पढौ

तमु समाज यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

पोखरा, भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि तमु समाज यूकेले प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङको नेतृत्वमा नेपाल आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । बाढीपीडितको राहत र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरिएको माया गुरुङले बताइन् । चेक ग्रहण गर्दै गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत… पुरा पढौ

एगा अध्यक्षमा ढकाल निर्वाचित

पोखरा, ९ असोज, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गीता ढकाल पौडेल निर्वाचित हुनुभएको छ । एगाको १२औँ अधिवेशन तथा २३औँ वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एगाको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया सुवेदी, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा रामकृष्ण तिमिल्सिना र कोषाध्यक्षमा सुशील ढकाल चयन हुनुभएको छ । सदस्यमा नारायणप्रसाद पाण्डे, प्रमिला थापा, उमनाथ भट्टराई, रामहरि भट्ट र जगत नारायण श्रेष्ठ चयन हुनुभएको छ । संस्थाले… पुरा पढौ

नेपाली मौलिक पर्व दशैंको प्रवर्द्धन गर्न पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ असोज, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा नेपालीहरूको मौलिक पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्दै पोखरामा पहिलो पटक ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ हुने भएको छ । नेपाली संस्कृति, परम्परा, मौलिक खानपान तथा पारिवारिक पुनर्मिलनको पर्व दशैंलाई पर्यटकसमक्ष पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=WWtQUMHep8M&t=47s ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन… पुरा पढौ

ल्याण्डमार्कको रक्तदानमा विदेशीले पनि रक्तदान गरे

पोखरा, असोज ९, सामाजिक उत्तरदायित्व निभाउने उद्देश्यले लेकसाइडस्थित होटल ल्याण्डमार्कले शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेको होटलका सिओओ बोधराज लम्सालले बताए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत पुष्पराज चालिसेका अनुसार होटलका कर्मचारी, भारतीय र तेश्रो मुलुकका विदेशीले समेत रक्तदान गर्दा ५४ यूनिट रगत संकलन भएको थियो । ‘होटलले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्छ । योपटक पनि त्यसैको निरन्तरता हो,’ उनले भने, ‘विदेशी पाहुना पनि प्रभावित भएर… पुरा पढौ

जिसस कास्कीमा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा सकियो

असोज ९ ,पोखरा, जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रीयाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सकिएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चलेको सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । समापनका अबशरमा प्रमुख पौडेलले गैरसरकारी संस्थाहरू थप प्रभावकारी , ब्यबस्थित र थप परिणाममुखी बनाउन समिक्षा सहयोगी भएको उल्लेख गर्नुभयो । देखिएका कमिकमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमुलक कार्यमा अगाडि बढ्न आग्रह गर्नुभयो । आफू निर्बाचित भएदेखि नै सरकारी एबम गैरसरकारी संस्था सहित सामाजिक संस्थाहरूको… पुरा पढौ

कास्कीमा ठूलो वर्षाको जोखिम, पदयात्रा नगर्न र राति सवारी नचलाउन प्रशासनको आग्रह

दीननाथ बराल, पोखरा ९, असोज, कास्कीमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न, पदयात्रामा ननिस्कन तथा पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नदी, खोला, नाला तथा तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म कास्की सहित आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै… पुरा पढौ

जलवायु संकटले हिमालयमा बढाएको जोखिमबारे विश्वलाई प्रधानमन्त्री शाहको चेतावनी

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढिरहेको जोखिमलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पछिल्लो समय देखिएका विनाशकारी बाढी, पहिरो र हिमाली विपद्लाई जलवायु संकटको स्पष्ट चेतावनीका रूपमा प्रस्तुत गरेका हुन्। प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई नेपालमा सीमित स्थानीय विपत्ति नभई विश्वका लागि चेतावनी भएको बताए। उनका अनुसार बढ्दो तापक्रमले हिमालयको संवेदनशील पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। हिमनदी पग्लिँदै जानु, पर्माफ्रोस्ट अस्थिर हुनु तथा हिमाली भूभाग कमजोर… पुरा पढौ

नेपाल हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा माधव तिवारी निर्वाचित

दीननाथ बराल,पोखरा, ८ असोज, नेपाल हवाई खेलकुद संस्था (ना) को आज विहिबार पोखरामा सम्पन्न भएको २३ औँ साधारण सभा तथा ११औँ अधिवेशनले दुई वर्षे कार्यकालका लागि माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्ष पदमा तिवारीले दुई अध्यक्षका प्रत्यासीलाई पछि पार्दै विजयी हुनु भएको हो । अध्यक्ष तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले भने १४ मत प्राप्त गर्नु भएको श्रोतले पोखराक्लिकलाई जनायो । निर्वाचित अध्यक्ष तिवारीले पोखराको… पुरा पढौ

आदिवासी जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिमा माइकल कर्माचार्यको उम्मेदवारी घोषणा

पोखरा, नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेका बेला पोखराका व्यवसायी माइकल कर्माचार्यले आदिवासी जनजातितर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गर्ने घोषणा गरेका छन्। कर्माचार्य पोखराको व्यवसायिक क्षेत्रमा परिचित कर्माचार्य ग्रुपसँग आबद्ध व्यवसायी तथा उद्योगपति हुन्। व्यवसायिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्दै उनले नेपाली कांग्रेसभित्र आत्मनिर्भर अर्थतन्त्र, स्वदेशमै रोजगारी तथा स्वरोजगार सिर्जना र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने धारणा अघि सारेका छन्। उनका अनुसार नेपालमा उत्पादन र उद्यमशीलताको वातावरण बलियो बनाउन राज्यले स्पष्ट तथा दीर्घकालीन… पुरा पढौ

This will close in 20 seconds