अर्थतन्त्र

जिसस कास्कीमा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा शुरु

असोज८ ,पोखरा, जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रीयाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चल्ने सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको हो। प्रमुख पौडेलले गैरसरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोष योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। गैरसरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभयो । पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनमा युवा ठाकुर बरालको कास्की–३ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको दाबी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.३ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता ठाकुर बरालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। ‘युवा शक्ति र परिवर्तनका एजेन्डा लिएर अगाडि बढौँ’ भन्ने नारासहित बरालले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सार्नुभएको हो। पार्टीभित्र नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको छ। बरालले युवालाई पार्टीको संगठनमा मात्र होइन, नीति निर्माण र निर्णय प्रक्रियामै… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापाको कास्की–२ बाट ३५ वर्षमुनिको प्रतिनिधित्वको तयारी

पोखरा, व्यवसायिक क्षेत्रमा सक्रिय युवा सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं.२ बाट ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफूलाई प्रस्तुत गर्ने तयारी गर्नुभएको छ। पार्टीमा नयाँ पुस्ताको सहभागिता र उपस्थिति बढाउनुपर्ने धारणा राख्दै थापाले आफ्नो राजनीतिक यात्रालाई नीतिगत सुधार, नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणसँग जोड्नुभएको हो। उहाँले अग्रज पुस्ताले पार्टी निर्माणमा पुर्‍याएको योगदान, संघर्ष र अनुभवप्रति सम्मान व्यक्त गर्दै त्यसबाट प्राप्त अनुभवलाई नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिसँग जोडेर पार्टीलाई थप गतिशील बनाउनुपर्ने बताउनुभएको… पुरा पढौ

स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई.सुदर्शन शर्माको आकांक्षा

‎स्याङ्गजा, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० का महासचिव ई। सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं। १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। ‎आफ्नो जन्मस्थान आँधीखोला–६ बाट सन्देश जारी गर्दै शर्माले महाधिवेशन प्रक्रिया सुरु भएसँगै आफू जिल्ला फर्किएको उल्लेख गरेका छन्। उनले स्याङ्जा कांग्रेसका नेता, कार्यकर्ता, साथीभाइ तथा शुभेच्छुकसँग साथ र सद्भावको अपेक्षा गरेका छन्।‎‎शर्माले आफ्नो राजनीतिक, सामाजिक तथा पेशागत यात्राका विभिन्न पक्षसमेत सन्देशमा उल्लेख गरेका छन्। आफूले लामो समयदेखि कांग्रेस, समाज… पुरा पढौ

जापान पर्यटन मेला २०२६ मा नेपालको प्रभावकारी उपस्थिति, जापानी बजारमा पर्यटन प्रवर्द्धन तीव्र

टोकियो, जापानको टोकियोमा सुरु भएको प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ मा नेपालले प्रभावकारी उपस्थिति जनाएको छ। नेपाल पर्यटन बोर्डको अगुवाइमा निजी क्षेत्रका नौवटा ट्राभल, ट्रेकिङ तथा होटल व्यवसायी सहभागी हुँदै जापानी बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्र बनाएका छन्। ‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको एक्सपो चार दिनसम्म चल्नेछ। जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स र जापान नेसनल टुरिजम अर्गनाइजेसन ले आयोजना गरेको यो मेलाको १२औँ संस्करण… पुरा पढौ

काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु गर्दै हिमालय एयरलाइन्स, सेप्टेम्बर २८ देखि नियमित सेवा

काठमाडौँ, हिमालय एयरलाइन्सले काठमाडौँ र चीनको सांघाई बीच नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सका अनुसार आगामी सोमबार, सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान सुरु हुनेछ। सिधा उडान सुरु भएसँगै नेपालबाट सांघाई जाने तथा सांघाईबाट नेपाल आउने यात्रुहरूले ट्रान्जिटको झन्झटबिना प्रत्यक्ष हवाई यात्रा गर्न सक्नेछन्। यसले दुई देशबीच पर्यटन, व्यापार तथा जनस्तरको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा साप्ताहिक दुई उडान सञ्चालन गर्ने जनाएको… पुरा पढौ

बाबुको विरासतसँगै आफ्नै पहिचान बोकेर राजनीतिमा किरण केसी

पोखरा, व्यवसाय, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा आफ्नो परिचय बनाइसकेका युवा उद्यमी किरण केसी अब सक्रिय राजनीतिक यात्रातर्फ अघि बढेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएसँगै केसीको राजनीतिक यात्रा औपचारिक रूपमा थप अगाडि बढेको हो। उद्योगपति तथा समाजसेवी स्वर्गीय सूर्यबहादुर केसीका माइला छोरा किरणका लागि कांग्रेसको राजनीतिमा प्रवेश केवल नयाँ यात्राको सुरुवात मात्र होइन, परिवारसँग जोडिएको राजनीतिक तथा सामाजिक विरासतलाई नयाँ पुस्ताको दृष्टिकोणबाट अघि बढाउने प्रयासका रूपमा पनि हेरिएको… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

पोखरा, उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले… पुरा पढौ

अञ्जुली आवासीय माविद्धार बाढीपीडितलाई १ लाख सहयोग

पोखरा, अञ्जुली आवासीय माध्यामिक विद्यालय पोखरा–१ बगरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनस्र्थापनका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पोखरा–१ बगर स्थित अञ्जुली आवासीय माध्यामिक विद्यालयले एन प्याब्सन कास्की मार्फत १ लाख ५ हजार रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । विद्यालयका संस्थापक निर्देशक राजु केसी, प्रिन्सिपल सुनिता कुँवर केसीले एन प्याब्सन… पुरा पढौ

भारी वर्षाको जोखिमपछि पोखराका सबै विद्यालय दुई दिन बन्द गर्न महानगरको निर्णय, प्रधानमन्त्री शाहद्वारा पनि उच्च सतर्कता अपनाउन आग्रह

पोखरा, ८, असोज सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले आज ८ गते (विहिबार) र भोलि ९ गते (शुक्रबार) विद्यालय बन्द रहने जनाएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण पूर्वसावधानीस्वरूप विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्। महानगरपालिकाका अनुसार यी दुई दिनको पठनपाठनबाट हुने शैक्षिक क्षतिलाई पछि दिइने अन्य सार्वजनिक… पुरा पढौ

This will close in 20 seconds