अर्थतन्त्र

पोखरामा फ्लाई दुबईको पहिलो नियमित उडान, विमानलाई पानीको फोहोराले स्वागत, यात्रुलाई स्वागत तथा बिदाई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ७ असोज, पर्यटनको राजधानि पोखरामा अन्तराष्ट्रिय नियमित हवाई उडानको सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान आज (ब्ुधबार) देखि सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । https://www.youtube.com/watch?v=fz9vnWKK0OQ&t=51s दुबईबाट साँझ ६ः१८ बजे ११३ जना यात्रु बोकेर पोखरा अवतरण गरेको उक्त विमानलाई विमानस्थलका अधिकारी, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिले स्वागत गरेका थिए। पहिलो उडानका यात्रुलाई समेत विशेष स्वागत गरिएको थियो। पोखराका मेयर धनराज आचार्य सहितको टोलीले यात्रुलाई… पुरा पढौ

हुन्डाईको ‘अल–न्यू भेन्यु’ पोखरामा बिक्रि वितरण सुरु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

दीननाथ बराल, पोखरा ७, असोज, हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यु’ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नयाँ डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा तथा सुरक्षा प्रणालीसहितको नयाँ भेन्यु अब पोखरा तथा आसपासका ग्राहकका लागि उपलब्ध गराइएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक शुनिल श्रेष्ठले बताउनु भयो । कार्यकारी निर्देशक श्रेष्ठ तथा निर्देशकहरू चन्द्र राज भण्डारी, कृष्ण श्रेष्ठ र शुभ्रत श्रेष्ठले संयुक्त रूपमा नयाँ भेन्यु सार्वजनिक गर्नुभएको हो । नेपाली बजारमा नयाँ भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको… पुरा पढौ

पोखराको दिगो पर्यटनका लागि प्याराग्लाइडिङ बचाउँदै व्यवस्थापनमा जोड

पोखरा, ७ असोज, पोखराको पर्यटनको पहिचान र साहसिक पर्यटनको महत्वपूर्ण आधार बनेको प्याराग्लाइडिङलाई संरक्षण गर्दै यसको दिगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को २३औँ साधारण सभा तथा ११औँ अधिवेशन आज (बुधबार) पोखरामा सम्पन्न गर्दै उनीहरूले सुरक्षा, नियमन र व्यवसायिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सन् १९९६ मा प्रशिक्षणात्मक उडानबाट सुरु भएको प्याराग्लाइडिङले सन् २००० देखि व्यावसायिक रूप लिएको ‘ना’ का अध्यक्ष अनिल केसीले बताए।सुरुमा सात कम्पनीबाट सुरु भएको व्यवसायमा अहिले ५७ कम्पनी र ४१३… पुरा पढौ

कास्कीको अन्नपूर्णमा पालिका तथा वडाको सिमाना पुनरावलोकनबारे छलफल, स्थानीय तहको प्रस्तावमाथि जिल्ला स्तरीय अध्ययन समितिद्वारा अन्तरक्रिया

पोखरा, असोज ७, गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर एवं नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले कास्कीको अन्नपूर्ण गाउँपालिकामा छलफल तथा अन्तरक्रिया गरेको छ। अन्नपूर्ण गाउँपालिकाबाट प्रस्तावित वडा सिमाना हेरफेरसम्बन्धी विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग राय, सुझाव र आवश्यक जानकारी संकलन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं अध्ययन समितिका संयोजक लिलाधर पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण… पुरा पढौ

कलाकार बिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

पोखरा, चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन्। तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ। अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर चलचित्र हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन्। दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन्। यी शहरमा… पुरा पढौ

कानुनमा मात्र होइन, व्यवहारमै निःशुल्क र अनिवार्य शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड

पोखरा, नेपालको संविधान तथा कानुनले प्रत्याभूत गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई कागजमा सीमित नराखी हरेक बालबालिकाको पहुँचमा पुर्‍याउनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । बहिनी एडुकेयर फाउण्डेसनको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा मंगलबार आयोजित ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रियामा सहभागीले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई पुनः शिक्षाको मूलधारमा ल्याउनुपर्ने बताएका हुन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी… पुरा पढौ

बजेट ठूलो कुरा होइन, प्रभावकारी कार्यान्वयन महत्वपूर्ण होः पौडेल

पोखरा, आर्थिक उपार्जनमा पहुँच र अर्थपूर्ण सहभागिताबिना महिला सशक्तीकरण तथा समग्र विकास सम्भव नहुने सरोकारवालाले बताएका छन् । विशेषगरी दलित तथा सीमान्तकृत महिलाका लागि वडादेखि नै पर्याप्त बजेट विनियोजन नहुने र विनियोजित बजेटसमेत लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्न नसकेको उनीहरूको गुनासो छ । दलित महिला सङ्घ (फेडो) कास्कीले ‘जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध’ भन्ने नारासहित आयोजना गरेको स्थानीय सरकारका योजना, नीति र बजेटमा प्रमुख सरोकारवाला तथा पत्रकारसँगको अन्तरसम्वाद कार्यक्रममा सहभागीले दलित महिलालाई आयआर्जन, रोजगारी, सीप विकास तथा स्रोतसाधनमा… पुरा पढौ

चीनबाट पोखरामा सीधा अन्तर्राष्ट्रिय उडानलाई बधाईः दुबई-पोखरा उडान पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदम

​हाङजाउ, चीन, फ्लाई दुबईले सुरु गर्न लागेको दुबई–पोखरा सीधा उडानको भव्य सफलताको शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्ड (एनटीबी) वरिष्ठ निर्देशक एवं गण्डकी प्रदेश कार्यालयका निवर्तमान प्रमुख मणिराज लामिछानेले यसलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ। चीनबाट आफ्नो शुभकामना सन्देश दिँदै उहाँले यो अन्तर्राष्ट्रिय सञ्जालले पोखरासहित समग्र देशको पर्यटन र आर्थिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। ​पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व लामिछाने हाल चीनको प्रतिष्ठित झेजियाङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि (पीएचडी) अध्ययनरत हुनुहुन्छ। झेजियाङ विश्वविद्यालयअन्तर्गतको… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि सिटीवान टेलिभिजनको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

पोखरा ६ असोज, सिटीवान टेलिभिजनले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ बाट बचत भएको रकम बाढीपीडितको सहयोगका लागि कोषमा जम्मा गरिएको हो। यसपटकको तीज गीत प्रतियोगिता पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई समर्पण गरिएको थियो। टेलिभिजनले जम्मा गरेको रकमको भौचर मङ्गलबार सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, सचिव सुरेश श्रेष्ठ, बोर्ड सदस्य तथा तीज गीत प्रतियोगिता… पुरा पढौ

फ्लाई दुबईको नियमित उडानको सुरुवातमै व्यवसायी उत्साहित, आगन्तुक पाहुना तथा यात्रुलाई स्वागत गर्न तयार, दुबईबाट आउने भन्दा जाने सङख्या बढी

दीननाथ बराल, पोखरा, ६ असोज, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि पोखरा–दुबई सीधा हवाई सम्पर्क सुरु हुन लागेकाले यहाँका होटल, रेष्टुराँ तथा पर्यटनसम्बद्ध व्यवसायीले यात्रु तथा पर्यटकलाई स्वागत गर्न विभिन्न छुट तथा सेवा सुविधा घोषणा गरेका छन् । फ्लाई दुबईको पहिलो नियमित उडान बुधबार दुबईबाट पोखरा आउनेछ । उडान तालिकाअनुसार जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पोखराबाट यात्रु लिएर एक… पुरा पढौ

This will close in 20 seconds