अर्थतन्त्र

पोखरा–दुबई उडानले विश्वका शहरसँग जोडिने ढोका खोल्योः सदस्य पोखरेल

पोखरा, ६ असोज, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान सुरु हुनु पोखरेलीका लागि ठूलो उपलब्धि भएको बताएका छन् । पोखरेलका अनुसार यसअघि पोखराबाट अन्तर्राष्ट्रिय उडानका नाममा मुख्यतः चार्टर्ड उडानमा निर्भर रहनुपर्ने अवस्था रहेकामा अब फ्लाई दुबईले विश्वका विभिन्न स्थानबाट टिकट बुक गर्न सकिने गरी नियमित व्यावसायिक उडानको तालिका सार्वजनिक गर्नु महत्वपूर्ण उपलब्धि हो । “यो पोखरा–दुबई र दुबई–पोखराको मात्र उडानको कुरा होइन । विश्वका धेरै देश र अन्तर्राष्ट्रिय शहरसँग कनेक्सन भएको विश्वकै… पुरा पढौ

पोखराको फिर्केखोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ७ दिनभित्र भत्काउन महानगरको चेतावनी

पोखरा ५, असोज, पोखराको फिर्केखोलालाई अतिक्रमणमुक्त बनाउन पोखरा महानगरपालिकाले ७ दिने सूचना प्रकासन गरेको छ । पोखरा–१८ स्थित अँधेरीकुनादेखि फेवातालको गाईघाटसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको खोलाघर (बहाव क्षेत्र) भित्र निर्माण गरिएका अनधिकृत भौतिक संरचना ७ दिनभित्र अनिवार्य रूपमा हटाउन महानगरले असोज ५ गते अन्तिम पटक सार्वजनिक सूचना जारी गरेको छ । गत भदौ १५ गतेसम्म संरचना आफैँ हटाउन अन्तिम म्याद दिइएको थियो । तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण उपकरण… पुरा पढौ

पोखरामा प्रथम किङस कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता मंसिर १ गतेदेखि हुने

दीननाथ बराल, पोखरा ५ ,असोज, युनाइटेड किङस क्लब, पोखराको आयोजनामा पोखरामा प्रथम किङस कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १ गतेदेखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने आयोजकले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागिय नेपाल पुलिस, नेपाली सेना, शसस्त्र प्रहरी वल, घरेलु टिम गण्डकी भलिवल संघ सहित ६ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष अशोक गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेताले नगद ४… पुरा पढौ

बजार अनुगमन प्रभावकारी बन्दै कारबाही तीव्र भएपछि प्रशासनको ध्यानाकर्षण गराउँदै उद्योग वाणिज्य संघ

पोखरा, ५ असोज, बजार अनुगमनका क्रममा व्यवसायी माथि कारबाही तीव्र हुन थालेपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनको ध्यानाकर्षण गराएको छ। संघले उपभोक्ता हितविपरीतका गतिविधि रोक्न व्यवसायीलाई सचेत गराउँदै अनुगमनका नाममा व्यवसायीलाई हतोत्साहित तथा आतंकित नपार्न सम्बन्धित निकायसँग आग्रह गरेको हो। संघकी अध्यक्ष शोभा गौतम नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमनलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आग्रह गरेको हो । चाडपर्व नजिकिँदै गर्दा सरकारी निकाय तथा विभिन्न संघसंस्थाले बजार अनुगमनलाई तीव्रता दिएका छन्।… पुरा पढौ

एन प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयबाट बाढीपीडितलाई सहयोग

पोखरा, नेसनल प्याब्सन कास्कीमा आवद्ध ६ विद्यालयले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनःस्थापनका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले एन प्याब्सन कास्की मार्फत विभिन्न विद्यालयले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम हस्तान्तरण गर्ने गरी सहयोग गरेका हुन् । यसरी सहयोग हस्तातरण गर्नेमा पोखरा–५ मा रहेको हिलसाइड इङ्लिस सेकेन्डरी स्कुलबाट ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । उक्त रकम विद्यालयका प्रिन्सिपल डिल्लिराम भट्टराई र… पुरा पढौ

विजयपुरमा सोफा घरको शाखा विस्तार

लेखनाथ, ५ असोज, पोखरा महानगरपालिका–२६, विजयपुरमा सोफा घरको शाखा विस्तार गरिएको छ। शाखाको उद्घघाटन सोमबार लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले रिबन काटेर गरेकी हुन् । सोफा घरमा ग्राहकको अर्डरअनुसारका आधुनिक डिजाइनका सोफा तथा फर्निचरका दराज सेट, किचेन टेबललगायत विभिन्न सामग्री उपलब्ध हुने बताइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष अधिकारीले ठूलो लगानीमा स्थापना भएको सोफा घरले समयको मागअनुसार अनलाइन तथा घरदैलो सेवा उपलब्ध गराउनु सकारात्मक रहेको बताइन्। उनले बजार व्यवस्थापन, सुशासन र सुरक्षालगायतका… पुरा पढौ

ब्याडमिन्टनको उपाधि ग्लोवललाई, प्रतिभा उपविजेता

पोखरा, असोज ५, कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा आयोजित २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोवल कलेजियट स्कुलले जितेको छ । प्रतियोगितामा पालिखेचोकको प्रतिभा मावि उपविजेता बनेको छ ।आइतबार भएको फाइनल खेलमा ग्लोवलले १४ र प्रतिभाले ९ अंक बटुलेको थियो । मासवारको मदरल्याण्ड मावि तेश्रो भएको थियो । प्रतियोगितामा पोखरामा विभिन्न ४१ वटा विद्यालयले प्रतिश्पर्धा गरेका थिए । ती विद्यालयका छात्रातर्फका ४२ र छात्रतर्फ १ सय ३ टोली सहभागि भएका थिए । प्रमुख अतिथि… पुरा पढौ

मदरल्याण्डमा गणित हाजिरी जवाफ

पोखरा, असोज ५, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा १२ मा विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीमा गणितसम्बन्धि अतिरिक्त ज्ञान दिलाउनका लागि प्रतियोगिता आयोजनागरेको संयोजक विष्णुप्रसाद गौतमले बताए । उनका अनुसार प्रतियोगितामा कक्षा १२ का विज्ञान समूहका ४६ वटा टिमका ९२ जना विद्यार्थी सहभागि थिए । प्रतियोगितामार्फत विद्यार्थीले आफ्नो गणितीय ज्ञानसँगै तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता, आत्मविश्वास र समूहमा काम गर्ने अवसर पाएको गौतमले बताए । प्रारम्भिक चरणमा… पुरा पढौ

‎मिडियासँगै व्यवसायमा रोजी श्रेष्ठ, नाइटिङ्गेल सप्लायर्समार्फत व्यवसायिक यात्रा

‎‎पोखरा, ‎सञ्चार क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले व्यवसायिक यात्रालाई समेत अघि बढाएकी छन्। मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशकसमेत रहेकी श्रेष्ठले पोखरा–१७ बिरौटाचोकस्थित अजोध्या भगवान् ९ग्रिन कम्प्लेक्स० मा ‘नाइटिङ्गेल सप्लायर्स’ सञ्चालनमा ल्याएकी हुन्। ‎सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले सञ्चारसँगै व्यवसायिक क्षेत्रमा पनि नयाँ अनुभव र सम्भावना खोज्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताइन्। ‎‎श्रेष्ठ भन्छिन्, ुसञ्चार क्षेत्रमा काम गर्दै आएको अनुभवसँगै अब व्यवसायमा पनि केही नयाँ गर्ने सोचले नाइटिङ्गेल सप्लायर्स सुरु गरेकी हुँ। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज… पुरा पढौ

क्यानबेरामा नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली कलाकारको साथ, १६ लाखभन्दा बढी राहत संकलन

क्यानबेरा, नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रमबाट करिब १५ हजार अस्ट्रेलियन डलर, अर्थात् हालको विनिमय दरअनुसार करिब १६ लाख ३७ हजार नेपाली रुपैयाँ संकलन भएको छ। आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ९क्यानबेरा०को सहकार्यमा क्यानबेराको ३८ डेभिड स्ट्रिट, टर्नरस्थित पोलिस ह्वाइट ईगल क्लबमा आयोजित कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार, स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालका बाढी… पुरा पढौ

This will close in 20 seconds