अर्थतन्त्र

पाँच वर्षमा व्यवसाय प्रवर्द्धन केन्द्र उद्यमशील पोखरा बनाउने लक्ष्य

पोखरा, युवालाई सीप सिकाएर रोजगारी खोज्नेभन्दा उद्यम सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको व्यवसाय प्रवर्द्धन केन्द्र ९बीपीसी० पाँच वर्ष पूरा गरेको छ। पाँच वर्षको अवधिमा उद्यमशीलता विकास, सीप अभिवृद्धि, व्यवसाय परामर्श र बजार प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको केन्द्रले आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउने भएको छ। केन्द्र स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय युवाको सीपलाई रोजगारी र व्यवसायसँग जोड्ने गरी केन्द्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।… पुरा पढौ

पोखरामा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन सम्पन्न, हाप म्याराथनमा रोकाया र महिला तर्फ सार्कीलाई उपाधि

पोखरा, पर्यटनको राजधानि पोखरामा सम्पन्न भएको पाँचौँ संस्करणको ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पोखरामा सम्पन्न भएको छ । शनिबार सम्पन्न पाँचौँ ‘राइट टु प्रोटिन रन’को हाफ म्याराथनमा पुरुषतर्फ विनोद रोकाया र महिलातर्फ निशा सार्की विजेता हुन सफल भईन् । https://www.youtube.com/watch?v=WUjZ9Ov-Ktg&t=388s २१ किलोमिटर पुरुषतर्फ विनोदले १ घण्टा ७ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जिते। सुशीलकुमार शाही १ घण्टा ८ मिनेट ५ सेकेन्डमा दोस्रो तथा विदेशी धावक जोन मुइन डे १ घण्टा ८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै… पुरा पढौ

कास्कीमा उपभोक्ता अदालत स्थापना गर्न माग,खानपिनमा ध्यान, शारीरिक व्यायमलाई नियमित गर्न सुझाव

पोखरा ४, असोज, उपभोक्ता अधिकार हननका घटनामा पीडितले सहज, छिटो र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न कास्कीमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् । उपभोक्ता अधिकार कार्यान्वयनसँगै नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि नागरिक तहबाटै सचेतना, पैरवी र दबाब अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । https://www.youtube.com/watch?v=pUJZ4B_V8eA&t=7s उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना तथा गण्डकी प्रदेश समितिको समन्वयमा पोखरामा सम्पन्न ‘उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोगका कारणहरू रोकथामसम्बन्धी नागरिक समाजको पैरवी’ विषयक सरोकारवालाबीचको अन्तरसंवादमा यस्तो माग… पुरा पढौ

तमु धिं नेपालको राहत अभियानमा ७० लाख भन्दा बढी संकलन

पोखरा , भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख ४७ हजार ४ सय ९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ। तमु धिं नेपालले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हुमबहादुर गुरुङले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भदौ १४ गतेदेखि राहत संकलन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संकलित रकम तमु… पुरा पढौ

९ औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा, विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित ९ औँ विश्वकर्मा भलिबल कप–२०८३ पोखरा रंगशालामा सम्पन्न भएको छ। असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा दाजुभाइ क्लब गल्याङ प्रथम, हरिनास गाउँपालिका दोस्रो र शुक्लागण्डकी–१२ तेस्रो भएका छन्। विजेता दाजुभाइ क्लब गल्याङले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हरिनासले ५० हजार र तेस्रो शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा हरिनासका सुनील मानन्धर उत्कृष्ट स्पाइकर, सञ्जित मानन्धर उत्कृष्ट ब्लकर, दाजुभाइ… पुरा पढौ

धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

पोखरा, ४ असोज, धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् । तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च… पुरा पढौ

तमु धिं नेपालको अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ निर्विरोध

पोखरा, तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि सुवेदार मेजर श्रीप्रसाद गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। तमु धिं नेपालको आगामी असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेपछि पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिले… पुरा पढौ

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखरा ४, असोज, पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो । यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक… पुरा पढौ

कोटदेउराली बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कृषि, पर्यटन, धार्मिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले वि.सं. २०७५ सालमा ६० जना सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ हजार २ सय ३० जना सदस्य पुगेका छन्। सहकारीले वित्तीय कारोबारसँगै कृषि, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले किसानका लागि सहकारीले सहज… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र अस्पताल निर्देशक नियुक्त

पोखरा, ४ असोज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सहप्राध्यापक डा. डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा तिमीहरूलाई उक्त जिम्मेवारी दिएका हुन्। नवनियुक्त डीन श्रेष्ठ र अस्पताल निर्देशक पोखरेलले आज पदभार ग्रहण गरेका छन्। डीनमा नियुक्त श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको डीनका रूपमा काम गरिसकेका छन्। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पुनः डीन बनेका उनले प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, अध्ययन–अनुसन्धानको विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने बताएका छन्। “प्रतिष्ठानको… पुरा पढौ

This will close in 20 seconds