अर्थतन्त्र

कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग

पोखरा, २ असोज, गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५ हजार किलो चामल सहयोग गरेका छन् । ८० वर्षीय कोरियाली नागरिक किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यहरूसँग मिलेर रु ५ लाख रकम जुटाई नेपाल आएर उक्त सहयोग उपलब्ध गराएका हुन् । परिचय एड्भरटाइजिङको संयोजन र पोखरा महानगरपालिकाको सहजीकरणमा २५ किलो दरका २०० बोरा उच्च गुणस्तरको… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम गर्दै, ८६ कलाकारले प्रस्तुति राख्ने

पोखरा २ असोज, पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुने भएको छ। यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन्। यसका अलवा वरिष्ठ कलाकार पूर्ण… पुरा पढौ

खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा बिमोचन

नागोया, जापान, बरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतिक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ आज जापानको नागोयास्थित दियालो रेस्टुरान्टमा बिमोचन भएको छ। अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच बिमोचन गरे। यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआएएनए) का बरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस संंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका महासचिव… पुरा पढौ

पोखरामा सार्वजनिक भयो चाङ्गान नेभो क्यू०५, ५१ लाख ९९ हजार मूल्यमा बिक्री सुरु

दीननाथ बराल,पोखरा, २ असोज, चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक गरिएको छ। पोखरामा शुक्रबार साँझ आयोजित एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले नेभो क्यू०५ सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले पछिल्लो समय पोखरामा नयाँ–नयाँ विद्युतीय सवारी साधन सार्वजनिक हुनुका साथै बिक्री–वितरणसमेत विस्तार हुँदै जानुले पोखरा क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। वातावरणमैत्री विद्युतीय सवारी साधनप्रति पोखरेलीको आकर्षण बढिरहेको उल्लेख गर्दै उहाँले नेभो क्यू०५ लाई पनि पोखरेली उपभोक्ताले… पुरा पढौ

तेस्रो पर्वतीय दौड प्रतियोगिताका लागि फाराम खुला

पोखरा, २ असोज, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने पर्वतीय दौड प्रतियोगिता २०८३ मा सहभागी हुन चाहने धावकका लागि अनलाइन दर्ता फाराम खुला भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले पोखरा क्लिक डटकममा गएर अनलाइनमार्फत फाराम भर्न सक्ने प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जनालाई मात्र सहभागी गराइने उहाँले बताउनुभयो । संयोजक बरालले अन्य दौड प्रतियोगिता भन्दा पुम्दी–भुम्दी पर्वतीय दौड केही फरक रहेको बताउनुभयो । ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका… पुरा पढौ

पोखरा–दुबई उडान दिगो बनाउन प्रदेश सरकार र निजी क्षेत्र एकजुट (भिडियो सहित) छुट र प्याकेज सार्वजनिक हुदै ..

दीननाथ बराल,पोखरा, २ असोज, पर्यटनको राजधानी पोखराबाट सुरु हुन लागेको पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (शुक्रबार) आफ्नै कार्यालयमा प्रदेशका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर उडानको प्रभावकारिता र दिगोपनाका विषयमा छलफल गर्दै कम्तीमा ६ महिनासम्म उडान नियमित हुने वातावरण बनाउन प्रदेशका सबै जिल्ला तथा अन्तरप्रदेशमा संयुक्त रूपमा प्रवद्र्धन अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो। https://www.youtube.com/watch?v=yUVGDPBgDaE&t=303s उहाँले उडानलाई दिगो… पुरा पढौ

६४ औँ इन्जिनियर दिवसमा कास्कीका दुई सहित उत्कृष्ट इन्जिनियर सम्मानित

काठमाडौँ, २, भदौं नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) ले ६४औँ इन्जिनियर दिवसका अवसरमा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने इन्जिनियर तथा संस्थालाई सम्मान गरेको छ। यस वर्षको युवा मस्तिष्क र इन्जिनियरिङ उत्कृष्ट नेपालको निर्माण भन्ने मूल नारासहित हालै आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट इन्जिनियरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो। एनईएको वेबसाइटमा प्रकाशित विवरण अनुसार, यस वर्ष विभिन्न विधामा प्रदान गरिएको सम्मानमा कास्कीका दुई जना इन्जिनियर समेत परेका छन्। कास्कीका इन्जिनियर दिनेश कुमार घिमिरेले ‘सहिद इन्जिनियर नवराज बिष्ट स्मृति पुरस्कार’, इन्जिनियर… पुरा पढौ

पेन्सन पट्टाको कमाई २ करोड १२ लाख, पोखराबाट मात्रै ५१ लाख माथि

पोखरा, माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले पोखराबाट मात्रै ५१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सनसमेत जोड्दा पोखराको कुल ग्रस कलेक्सन ५५ देखि ६० लाख रुपैयाँसम्म पुगेको अनुमान गरिएको छ । चलचित्रले दोस्रो सातामा समेत दर्शकको उत्साहजनक साथ पाइरहेको छ । माउथ पब्लिसिटीका कारण दर्शकको उपस्थिति बढ्दै गएको निर्माण पक्षको भनाइ छ । दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न ठाउँका… पुरा पढौ

नवौँ विश्वकर्मा भलिबल कप सुरु, उद्घाटन खेलमा पोखरा–७ र दाजुभाइ क्लब विजयी

पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा नवौँ विश्वकर्मा भलिबल कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालामा बिहीबार आयोजित समारोहबीच गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले भगवान् विश्वकर्माको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभामुख धितालले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै सामाजिक एकता, सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउन योगदान पुर्‍याउने उहाँको भनाइ… पुरा पढौ

पोखरामा जीडब्ल्युएमको नयाँ शोरुम,नयाँ विद्युतीय गाडी सार्वजनिक

पोखरा १, असोज, ग्रेट वाल मोटर (जीडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको बुद्धचोकमा नयाँ तथा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले जीडब्ल्युएमका दुई नयाँ विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स ईभी’ पनि पोखरा बजारमा सार्वजनिक गरेको हो । आज बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले उक्त शोरुमको औपचारिक उद्घाटन गर्दै पर्यटकीय राजधानी पोखरामा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जानु सकारात्मक भएको बताउनुभयो । यस्ता सवारीसाधनको विस्तारले पोखराको आकर्षण बढाउनुका… पुरा पढौ

This will close in 20 seconds