पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा नवौँ विश्वकर्मा भलिबल कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ। पोखरा रंगशालामा बिहीबार आयोजित समारोहबीच गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले भगवान् विश्वकर्माको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै सभामुख धितालले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै सामाजिक एकता, सद्भाव र आपसी सम्बन्ध मजबुत बनाउन योगदान पुर्याउने उहाँको भनाइ…
पुरा पढौ