अर्थतन्त्र

पोखराका युवा व्यवसायी कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

पोखरा,३१ भदौ, पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक रहनुभएका कोइरालालाई  प्रथम राष्ट्रपति डा. रामवरण यादवले ट्रफी तथा सम्मानपत्र प्रदान गर्नुभयो । व्यवसायबाट रोजगारी सिर्जना गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर अघि बढेको कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । सुन तथा गरगहना व्यवसायमा सन् २०१३… पुरा पढौ

असोज २४ गते हुने पर्वतीय दौडलाई सफल पार्न पुम्दी–भुम्दीवासी एकजुट, पुम्दी–भुम्दीको आर्थिक विकास पर्यटन र खेल पर्यटनबाटै सम्भव हुने वक्ताहरूको भनाइ

पोखरा, ३१ भदौ, पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट भएका छन् । पुम्दी–भुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रवद्र्धनसँग जोडिएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत–सत्कारलगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । उनीहरूले प्रतियोगिता एउटा सामान्य खेलकुद… पुरा पढौ

पोखरामा हिमालय लाइफ नेपालको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा सम्पन्नः

पोखरा, भाद्र ३०, पोखरा महानगरपालिका–१५, नयाँगाउँ, कास्कीस्थित हिमालय लाइफ नेपालको चौधौँ वार्षिक साधारण सभा तथा पाँचौँ सामाजिक लेखाजोखा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। परोपकारी एवं पवित्र नारालाई आत्मसात गर्दै संस्थाको सभाहलमा आयोजित कार्यक्रममा कठिन परिस्थितिमा रहेका बालबालिकाको संरक्षण र विकासमा संस्थाले पुऱ्याएको योगदानको व्यापक समीक्षा गरिएको थियो। संस्थाका अध्यक्ष बुद्धिवल रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको प्रभावकारी सहजीकरण तथा सञ्चालन संस्थाका कार्यकारी निर्देशक पुष्पराज गिरीले गर्नुभएको… पुरा पढौ

९औँ विश्वकर्मा कप–२०८३ को तयारी अन्तिम चरणमा

पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हुने ९औँ विश्वकर्मा कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकर्मा पूजाको अवसर पारेर असोज १, २ र ३ गते आयोजना हुने प्रतियोगितामा देशका विभिन्न स्थानबाट १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव र एकता कायम गर्नुका साथै युवापुस्तालाई खेलकुदमा प्रोत्साहित गर्ने रहेको आयोजकले जनाएको छ। प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई… पुरा पढौ

सहारा क्लबको अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ः मन्त्री गुरुङ, सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पराजुली पुरस्कृत

दीननाथ बराल, पोखरा, ३० भदौ, सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ बाट रोहितराज पराजुली पुरस्कृत हुनुभएको छ । सहारा क्लब पोखराको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले पत्रकार पराजुलीलाई सम्मान गर्नुभएको हो । २०६१ सालदेखि पोखरामा पत्रकारीता गर्दै आउनु भएको पराजुलीले ताम्रपत्र सहितको सम्मानको साथमा नगद… पुरा पढौ

रसुवाका विपद् प्रभावितलाई न्यू ग्यालेक्सीको साथ, प्रधानमन्त्री राहत कोषमा ५ लाख बढि सहयोग

पोखरा, न्यू ग्यालेक्सी मावि पोखरा–३ नदिपुरले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नगारिकहरुको राहत तथा पुनस्र्थापनका लागि ५ लाख १७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लामा प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पोखरा–३ नदिपुरस्थित न्यू ग्यालेक्सी माध्यमिक विद्यालयले हिसान कास्की मार्फत ३ लाख १७ हजार ७ सय ७७ र एन प्याब्सन कास्की मार्फत २ लाख रुपैया प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने गरी रकम हस्तान्तरण गरेको हो । विद्यालय… पुरा पढौ

तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स

पोखरा, ३० भदौं, पोखरामा आगामी असोज २४ गते आयोजना हुन लागेको तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितामा पोखरा लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । प्रतियोगितालाई सफल बनाउन होटल र आयोजक बीच हस्पिटालिटी पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको हो । होटलका सञ्चालक युवा व्यवसायी सुनिलबहादुर भट्टराई र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । करिब सात रोपनी क्षेत्रफलमा फैलिएको म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्समा… पुरा पढौ

न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

भदौ ३० ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको अन्तरक्रीया कार्यक्रममा उक्त बिषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको जिसस प्रमुख लिलाधर पौडेलले बताउनुभयो। प्रमुख पौडेलले श्रमजीवी बर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभाबकारी कार्यान्वयन नभएको र केही औद्योगिक ब्यबसाय ,शैक्षिक संस्था,संचार संस्था सहित सार्बजनिक ,सरकारी ,गैरसरकारी तथा निजि क्षेत्रमा कार्यरत कामदार एबम… पुरा पढौ

नेपालका लागि राम्रो खेल्ने खेलाडी छनोट गर्न नसक्ने संघका पदाधिकारी, खेलकुदमा राजनीति कहिलेसम्म ? विश्व वरीयतामा रहेका र अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त अभिषेकलाई छोटो सूचनामा छनोट खेलमा बोलाइएपछि प्रश्न !

दीननाथ बराल,पोखरा ३०, भदौ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टेनिसमा निरन्तर प्रतिस्पर्धा गरिरहेका नेपाली खेलाडी अभिषेक बास्तोलालाई डेविस कप टोली छनोटका लागि पुनः छनोट खेलमा सहभागी हुनुपर्ने व्यवस्था गरेपछि नेपाल टेनिस संघको छनोट प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय विश्व वरीयता, डेविस कपको प्रदर्शन र पछिल्लो अन्तर्राष्ट्रिय फर्मका आधारमा राष्ट्रिय टोली छनोट गर्नुपर्ने अवस्थामा विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई छोटो सूचनामा नेपाल बोलाएर पुनः छनोट खेल खेलाउन खोजिएको भन्दै बास्तोलाले असन्तुष्टि जनाएका छन्। भियतनाममा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका बास्तोलाले सेप्टेम्बर… पुरा पढौ

बाल अधिकार संरक्षणमा सृजनशील बालविकास कार्यक्रमको भूमिका प्रशंसनीय

पोखरा, भदौ ३०, पोखरा महानगरपालिका–१५, दुईगेसाँघुस्थित सृजनशील बालविकास कार्यक्रमको पाँचौँ सामाजिक लेखाजोखा तथा परीक्षण र चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा संस्थाले बालबालिकाको अधिकार संरक्षण, शिक्षा, विकास तथा समुदायमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ। संस्थाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको आर्थिक तथा सामाजिक पारदर्शिता, विगतका गतिविधि, उपलब्धि, चुनौती र आगामी कार्यदिशाका विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो। सामाजिक परीक्षणका क्रममा संस्थाले आर्थिक… पुरा पढौ

This will close in 20 seconds