अर्थतन्त्र

महाधिवेशन प्रतिनिधिमा गोकर्ण कार्कीको उम्मेदवारी, सुशासन र आर्थिक पारदर्शितालाई प्राथमिकता

पोखरा, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि खुलातर्फ गोकर्ण कार्कीले उम्मेदवारी प्रस्तुत गरेका छन्। व्यवसायी तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका कार्कीले आफ्नो अनुभवलाई पार्टी संगठन र समग्र राजनीतिक रूपान्तरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्कीले आफू कुनै गुटको पक्षमा नभई पार्टीको चारतारे झण्डा र रुख चिन्हप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले सुशासन, भ्रष्टाचारमुक्त समाज र आर्थिक पारदर्शितालाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् । उनका प्रमुख एजेन्डामा हिन्दु धर्मको संरक्षण तथा संवैधानिक राजतन्त्र, संघीयताको खारेजीसँगै विकास र… पुरा पढौ

व्यवसायबाट राजनीतितर्फ सौगात थापा, कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पोखरा, व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। ३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापाले व्यवसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनीतिक तथा संगठनात्मक भूमिकामा जोड्ने बताएका छन्। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा पोखराको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी भर्खरै मात्र सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचित उद्योग उपाध्यक्षसमेत हुन् । व्यवसायिक नेतृत्वको अनुभवसँगै अब पार्टी… पुरा पढौ

आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पोखरा, नेपाली कांग्रेस कास्कीका जिल्ला सचिव एवं युवा नेता भानुभत्त ढकालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं। १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक तथा सामाजिक यात्रा सुरु गरेका ढकालले विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्मको आफ्नो लामो राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्। ढकालले संगठन निर्माण, विद्यार्थी आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि भएका संघर्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय दाजु कमलमणि ढकालसँगको सहयात्रा… पुरा पढौ

रेनोभा हस्पिटलको रक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन

पोखरा, ११ असोज, पोखरा–६, बैदामस्थित रेनोभा हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।हस्पिटलका अध्यक्ष ड.डार्विन लामिछानेको अध्यक्षतामा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। देशका विभिन्न स्थानमा देखिएको बाढीपहिरो तथा सक्रिय मनसुनका कारण स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै बिरामीलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतामा सहयोग पु¥याउने उद्देश्यले प्रतिकूल परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक डा. भुपेन्द्र शर्माले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी कास्की… पुरा पढौ

कांग्रेसमा गुटभन्दा क्षमता र स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने युवा नेता मौसम कार्कीको जोड

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्र नेतृत्व, संगठन निर्माण र नयाँ पुस्ताको भूमिकाबारे बहससमेत तीव्र बनेको छ। यही क्रममा नेपाली कांग्रेसका युवा नेता मौसम कार्कीले पार्टीभित्र गुटगत प्रभावभन्दा स्वच्छ प्रतिस्पर्धा, क्षमता र योगदानका आधारमा नेतृत्व चयन हुनुपर्ने धारणा अघि सारेका छन्। माछापुच्छ्रे गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गरिरहेका कार्कीले कांग्रेसका विभिन्न फोरम तथा कार्यक्रममा पार्टीभित्र गुट, नातावाद र कृपावादभन्दा योग्य तथा सक्रिय कार्यकर्तालाई अवसर दिनुपर्ने विषय उठाउँदै आएका छन्। कार्कीका अनुसार पार्टीमा कुनै नेतासँगको व्यक्तिगत निकटता वा… पुरा पढौ

पोखराको रामघाटमा ताल बन्यो (भिडियो सहित), तटीय क्षेत्रमा सतर्क रहन सुरक्षा निकायको आग्रह

पोखरा, निरन्तरको वर्षाका कारण पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट क्षेत्रमा पानीको बहाव बढेर ताल बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले नदी आसपासका बस्तीका स्थानीयलाई सचेत रहन आग्रह गरेको हो। https://www.youtube.com/watch?v=iw2n6ixLFMc पोखरा महानगरपालिका–९ र १० को रामघाट क्षेत्रमा सेती नदीको निकास साँघुरो हुँदा वर्षायाममा पानी थुनिएर ताल बन्ने गरेको स्थानीय बताउँछन्। पोखराको मध्यभाग हुँदै बग्ने सेती रामघाट क्षेत्रमा केही फराकिलो भागमा पुगेपछि पानीको बहावमा अवरोध हुँदा त्यहाँ ताल… पुरा पढौ

दुबईबाट पोखरा आउँदा गायिका रजना रिमालको अनुभव ! ‘नेपालबाट विश्व जोडिने बाटो फराकिलो बनाऔँ’

पोखरा, विदेशबाट नेपाल फर्किँदा अहिलेसम्म काठमाडौंलाई नै आफ्नो एकमात्र गन्तव्य बनाउँदै आउनुभएकी गायिका रजना रिमाल यसपटक भने दुबईबाट सिधै पोखरा आउनुभएको छ । काठमाडौंमा बसोबास भए पनि आफ्नै इच्छाले पोखरामा अन्तराष्ट्रिय उडानको प्रबद्र्धन गर्न यसपटक पोखरा हुँदै नेपाल प्रवेश गर्ने निर्णय गर्नुभएकी रिमालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष अनुभव लिनुभएको हो। https://www.youtube.com/watch?v=cSuICTlq4Kg फ्लाईदुबईले दुबई–पोखरा नियमित उडान सुरु गरेको केही दिनमै उहाँले दुबईबाट पोखरा यात्रा गर्नुभएको हो। पोखरा आइपुगेपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै रिमालले दुबईबाट पोखरा आउँदाको… पुरा पढौ

विश्व फार्मासिस्ट दिवसमा अस्पताल फार्मेसीको भूमिका र विपद् तयारीबारे अन्तरक्रिया

पोखरा, १० असोज, विश्व फार्मासिस्ट दिवसको अवसर पारेर पोखरामा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसर पारि नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जहरूले बाढी–पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापन, आकस्मिक औषधिको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि… पुरा पढौ

पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट (भिडियो सहित)

पोखरा, प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस ९सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स० आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर ९आरटीसी०को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो । बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटन समारोहमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन ९वाडा० का अध्यक्ष दीपेन्द्र कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव ढकाल लगायतको विशेष आतिथ्यता… पुरा पढौ

सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट

पोखरा, १० असोज, पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार अवसरमा छुट सुविधा दिएको छ । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न फर्निचर एवं फर्निनिङका सामानमा २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिइएको संचालक दीपक कार्कीले जानकारी दिए । शनिबार शुभकामना आदानप्रदान एवं पत्रकार भेटघाटमा उनले यसबारे जानकारी दिएका हुन् । २०७० असार २६ देखि पोखरामा सिटिजन फर्निचर संचालन सुरु भएको हो । कम्पनीले न्यूरोड क्षेत्रमै मुख्य शोरुमसहित ४ आउटलेट संचालन गरेको छ । सिटिजन फर्निचरसहित सिटिजन फर्निसिङ सप्लायर्स संचालित छ… पुरा पढौ

This will close in 20 seconds