अर्थतन्त्र

पोखरामा आज भुटान र गण्डकीबीच क्रिकेट अभ्यास खेल हुँदै

पोखरा, असोज १३, विश्व पर्यटन दिवसको अवसर पारेर पोखरा आएका भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज ९सेप्टेम्बर २९० गण्डकी प्रदेश क्रिकेट टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानी टोली अभ्यास खेल खेल्न पोखरा आएको हो। मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो। नेपाल क्रिकेट सङ्घ ९क्यान० को सहयोग तथा… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशन स् कास्की–३ बाट महाधिवेशन प्रतिनिधिमा मीनबहादुर गुरुङको उम्मेदवारी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोलि असोज १३ गते हुने क्षेत्रीय अधिवेशनमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ कास्की निर्वाचन क्षेत्र नं। ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवार बनेका छन्। लामो समयदेखि कांग्रेसको सांगठनिक राजनीतिमा सक्रिय गुरुङले स्थानीय तहको नेतृत्वबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले आफ्नो उम्मेदवारीमा युवा प्रतिनिधित्व, समान सहभागिता र नेतृत्वमा पुस्तान्तरणलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्।माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय सरकार सञ्चालन गरिरहेका गुरुङ यसअघि नेपाली कांग्रेस कास्की… पुरा पढौ

‘देश सुध्रिएन भन्ने आवाज बाक्लिँदैछ, पार्टी सुधारको संकल्प गरौँ’ ठाकुर बराल

पोखरा, देश सुधारको आवश्यकता औंल्याउँदै नेपाली कांग्रेसभित्र पुस्तान्तरण, युवाको नेतृत्व र पार्टी संगठनमा देखिएको उमेरगत सीमाबारे प्रश्न उठाइएको छ। युवा नेतृत्वले देश हाँकिरहेको वर्तमान अवस्थामा पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा भने युवालाई अवसरका लागि लामो समय कुर्नुपर्ने अवस्था किन भन्ने प्रश्नसमेत उठाइएको हो। “देश सुध्रिएन भनेर किन आवाज बाक्लिएको छरु देश ३५ वर्ष उमेरका युवाले नेतृत्व गरिरहेका छन्,” भन्दै कांग्रेसभित्र युवाको सहभागिता र नेतृत्व विकासका लागि थप अवसर सिर्जना गर्नुपर्ने धारणा अघि सारिएको छ। केन्द्रमा गुट–उपगुट नभएकोमा खुसी भइरहँदा जिल्लास्तरमा भने… पुरा पढौ

‘गुटको होइन, कांग्रेसको विचार बोकेर मैदानमा छु’ मौसम कार्की

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.३ मा भोलि असोज १३ गते हुने अधिवेशनको पूर्वसन्ध्यामा युवा नेता मौसम कार्कीले कुनै समूह वा गुटको उम्मेदवार नभई स्वतन्त्र ढंगले प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। आइतबार आयोजित उद्घाटन तथा उम्मेदवारी दर्ता कार्यक्रमसँगै कार्कीले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र संवाद तीव्र बनाएका छन्। मतदातासँगको भेटमा उनले गुटगत समीकरणभन्दा क्षमता, योगदान, विचार र स्वच्छ प्रतिस्पर्धालाई आफ्नो उम्मेदवारीको आधार बनाएको बताएका हुन्। “म पार्टीभित्र छु, तर गुटको उम्मेदवार होइन। मेरो प्रतिबद्धता कांग्रेसको विचार, संगठन र कार्यकर्ताप्रति हो,”… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष लामिछानेलाई मातृशोक

पोखरा, १२ असोज, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष एवं पत्रकार विनोद लामिछानेलाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा मनुमाया लामिछानेको ६८ वर्षको उमेरमा आइतबार राति निधन भएको उहाँको परिवार श्रोतले जनाएको छ । पोखरा–९, न्यूरोडमा बसोबास गर्दै आउनुभएकी मनुमायाको केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो। निमोनियाका कारण उहाँलाई पोखराका विभिन्न अस्पतालमा उपचार गराइएको बताइन्छ ।उहाँका श्रीमान नागढुंगा निवासी गुरुदत्त लामिछाने सहित दुई छोरा र दुई छोरी रहनु भएको छ । ठेठा छोरा विनोद लामिछाने पत्रकार तथा… पुरा पढौ

मंसिर दोस्रो साता तनहुँमा गुञ्जदै नेपथ्य

तनहुँ, चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउदै आयोजकले शुक्लागण्डकीको भूमीमा ऐतिहासिक सांगीतिक क्षण बन्ने दाबी गरेको छ । सो अवसरमा प्रचारप्रसारका लागि ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रमको टिसर्ट सार्वजनिक गरियो ।… पुरा पढौ

बाढी पीडितका लागि मोबाइल वितरक संघ गण्डकीद्वारा एक लाख ११ हजार सहयोग

पोखरा, भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशले दुःख व्यक्त गर्दै बाढीपीडितको सहयोगका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ। संघले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को यस कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत संघले उक्त रकम सहयोग गरेको जनाएको छ। संघका अनुसार सहयोग रकम केन्द्रीय राहत कोषका लागि हस्तान्तरण गरिएको हो। नेपाल मोबाइल वितरक… पुरा पढौ

पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट

पोखरा १२, असोज, यही असोज २४ गते पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताका विषयमा पोखराका पर्यटन व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलका सहभागीहरूले विपद्को विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा… पुरा पढौ

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ साधारणसभा सम्पन्न

पोखरा, समुदायको विकास र सहभागितालाई मुख्य उद्देश्य बनाएर स्थापना भएको सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक सहभागितामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आउनुका साथै रेडियो सराङकोट, सामाजिक सेवा तथा विभिन्न सामुदायिक गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। साधारणसभाको शुभारम्भ गर्दै संस्थाका सल्लाहकार तथा भागवत भाष्कर कमल नयन गौतमले विभिन्न परिस्थितिका बीच पनि संस्थालाई निरन्तर र जिम्मेवारीपूर्वक सञ्चालन गर्न सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सहकारीको दिगो विकासका… पुरा पढौ

पोखरामा पर्यटक सुनसानमा पनि सीमित पर्यटकसँगै मनाइयो विश्व पर्यटन दिवस , “हामी धेरै कन्फर्ट जोनमा बसिरहेका छौँ, यसरी पार लाग्दैन” मेयर आचार्य (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ असोज, देशभर परेको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण पोखरामा पर्यटकको चहलपहल सुनसानजस्तै भएका बेला पनि सीमित पर्यटकसँगै विश्व पर्यटन दिवस मनाइएको छ । पोखरा आउने अधिकांश सडक मार्ग प्रभावित हुनुका साथै देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिको असर पर्यटन क्षेत्रमा परेपछि पर्यटक आगमन घटेको हो । https://www.youtube.com/watch?v=WOFrOQp9ktM पर्यटकको संख्या न्यून भए पनि पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिमा पनि पोखरा सुरक्षित र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन विभिन्न कार्यक्रम सहित विश्व पर्यटन दिवस मनाएका हुन् ।… पुरा पढौ

This will close in 20 seconds