अर्थतन्त्र

घरदैलोमा उत्तममान बुद्धाचार्य स् ‘सक्षम र पारदर्शी नेतृत्वमार्फत व्यवसायीका समस्या समाधान गर्छु’

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । बुद्धाचार्यले व्यवसायीका पीडा र समस्यालाई सुन्ने, बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताए । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यसहित बुद्धाचार्यले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । भेटघाटका क्रममा उनले संघलाई सक्षम, पारदर्शी र समन्वयकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्… पुरा पढौ

पिसिएमद्वारा प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १ लाख १ हजार सहयोग

भाद्र १६,पोखरा, पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्ट (पिसिएम) ले बाढी प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग उपल्ब्ध गराएको छ । विपतको बेलामा कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग गरेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताउनुभयो । भदौ १० गते रसुवा ज्ल्लिाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ्ग, गोरखा, चितवन लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति कलेज परिवारले गहिरो दुःख प्रकट गरेको छ । साथै उक्त… पुरा पढौ

तेश्रो रेवान कप पोखरा भेट्रान्स टेनिस भदौको चौंथो साता

भदौ १६,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो संस्करणको पोखरा भेटरान्स सिङ्गल तथा डवल्स टेनिस प्रतियोगिता हुने भएको छ । आगामी भाद्र १९ देखि २३ गते सम्म पोखरा रंगशालाभित्रको टेनिस कम्प्लेक्समा उक्त प्रतियोगिता हुन लागेको हो । रेवान पोखराले खेलकुदका माध्यमबाट यहाँको खेल पर्यटन प्रवद्र्धन, स्वस्थ्य नागरिक उत्पादन तथा आपसी भाइचारा सम्बन्ध प्रगाढ पार्ने उद्येश्यका साथ विगतमा दुई वटा संस्करण सम्पन्न गरिसकेको छ । पाँच दिने प्रतियोगितामा सिंगल तथा डवल्सतर्फ प्रथम, द्वितिय हुने खेलाडीहरुलाई… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

पोखरा, १६ भदौ, कस्केली अधिकृत समाजले भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितहरूका लागि राहतस्वरुप ५१ हजार १११ रुपैयाँ सहयोगार्थ प्रदान गर्ने निर्णय गरेको छ । समाजको सोमबार सम्पन्न कार्य समितिको बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनका जिल्लाहरूमा भएको अकल्पनीय क्षति प्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरूका लागि समाजका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय गरेको सचिव महेश पौडेलले जानकारी दिनुभयो । समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा बसेको बैठकले बाढीका कारण ज्यान… पुरा पढौ

बाढी प्रभावितका लागि विश्वकर्मा समाज नेपालद्वारा २५ हजार रुपैयाँ सहयोग

पोखरा, देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भइरहेका बेला विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि गरेको आह्वानलाई आत्मसात् गर्दै समाजले उक्त रकम सहयोग गरेको समाजले जनाएको छ । विश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष बेलबहादुर विश्वकर्माले बाढी तथा विपद्का कारण प्रभावित भएका… पुरा पढौ

नेपाल आमा रोइरहेका बेला नागरिक समाज कास्कीको साथः सदस्यहरूबाट ५१ हजार सहयोग

पोखरा, प्राकृतिक विपत्तिले देशका विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको दुःखमा साथ दिन नागरिक समाज कास्कीका सदस्यहरूले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। विपद्को यस दुःखद् घडीमा राज्य र पीडित नागरिकलाई आफूहरूको तर्फबाट समेत केही साथ होस् भन्ने उद्देश्यले नागरिक समाज कास्कीका सदस्यहरूले आफ्नो हैसियत अनुसार रकम संकलन गरी सहयोग गरेको नागरिक समाज कास्कीका अगुवा तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताए। विपद्का बेला प्रत्येक नागरिकले आफ्नो क्षमता र हैसियतअनुसार योगदान गर्न सक्छ भन्ने सन्देश दिन रकम सार्वजनिक… पुरा पढौ

पोखराका रेष्टुरेन्ट व्यवसायी, रेवान पोखरा, पदाधिकारी र सदस्यको सहकार्यमा १२ लाख राहत कोषमा

दीननाथ बराल, पोखरा १६, भदौं, रसुवा, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैया सहयोग गरेको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल सहितको टोलीले आज (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकम बराबरको भौचर हस्तान्तरण गर्नु भएको हो । संस्थाको सामाजिक उत्तरदायित्वको भावना सहित रेबान पोखरासँग आबद्ध रेष्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी र सदस्यहरूको सहकार्यमा रकम… पुरा पढौ

विपदमा पोखराको उदाहरणीय साथ ः नारायण पौडेल नेतृत्वका संस्थाबाट ४१ लाख ११ हजार राहत कोषमा

पोखरा, भोटेकोशी नदीमा आएको आकस्मिक विनाशकारी बाढीले देशभर ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पोखराका सामाजिक तथा व्यावसायिक संस्थाहरूले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन्। अग्रज व्यवसायी मनका धनि नारायण पौडेल नेतृत्वका अटोवेज प्रा.लि.परिवार, प्रतिभा माध्यमिक विद्यालय पोखरा र गोविन्द–कलावती फाउन्डेसनले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रतिभा माध्यमिक विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । बाढीबाट प्रभावित नागरिकको… पुरा पढौ

बैठक भत्ता सहयोग गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीबाट राहत कोषमा एक लाख सहयोग

पोखरा, जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ सहितको टोलीले आव (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई राहत रकम जम्मा गरिएको भौचर हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष गुरुङका अनुसार पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार समितिको एक वर्षको सम्पूर्ण बैठकबाट प्राप्त हुने बैठक भत्ता रकम राहतका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सोही निर्णयअनुसार बैठक भत्ताबाट प्राप्त रकमलाई बाढी प्रभावितको सहयोगमा… पुरा पढौ

कास्कीलाइ पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गरौ जिसस कास्की प्रमुख पौडेल

भाद्र १६ ,पोखरा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गर्नुभएको छ । प्रमुख पौडेलले सो कुरा मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना (आ.ब.२०८३र८४)२०८७र८८० कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो। कास्कीमा मानव अधिकार उल्लंघन र हननका कुरा बढिरहेको कुरा तर्फ इङ्गित गर्दै मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै सो को लागि बिशेश बजेटको ब्यबस्था गर्न आग्रह गर्नुभयो । एउटै… पुरा पढौ

This will close in 20 seconds