कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा, १६ भदौ,

कस्केली अधिकृत समाजले भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितहरूका लागि राहतस्वरुप ५१ हजार १११ रुपैयाँ सहयोगार्थ प्रदान गर्ने निर्णय गरेको छ । समाजको सोमबार सम्पन्न कार्य समितिको बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनका जिल्लाहरूमा भएको अकल्पनीय क्षति प्रति दुःख व्यक्त गर्दै बाढी पीडितहरूका लागि समाजका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग स्वरुप जम्मा गर्ने निर्णय गरेको सचिव महेश पौडेलले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा बसेको बैठकले बाढीका कारण ज्यान गुमाएका हरूप्रति श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै वेपत्ताजनको खोजी तथा उद्धार एवम् प्रभावितहरूको उचित व्यवस्थापनका लागि सरकार एवम् सम्बद्ध सबैसँग आग्रह गरेको छ । बैठकले लेखापरीक्षक नियुक्ति, संस्थाको नविकरण, सदस्यता बृद्धि अभियानसँगै यस अघि सम्पन्न धार्मिक पर्यटन प्रवद्र्धन भ्रमण लगायत कार्यक्रमको समिक्षा समेत गरेको सचिव पौडेलले जानकारी दिनुभयो ।