अर्थतन्त्र

भोटेकोशी बाढी प्रभावितका लागि वाडाको १ लाख २५ हजार सहयोग

पोखरा, भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ। वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गरी उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने प्रजिअ गुरुङले बताउनु भयो । चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

बाढी प्रभावितको लागि सगरमाथा माविको ५ लाख सहयोग

कास्की, भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखराको सगरमाथा माध्यमिक विद्यालयले ५ लाख सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंको संयुक्त पहलमा रु ५ लाख १ हजार ५ सय ५५ रुपैयाँ हिसान कास्की मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको बिद्यालयले जनाएको छ । प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितीको सामना गरेका नागरिकको पीडामा साथ दिन विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको… पुरा पढौ

मुस्किलले बचेको त्यो क्षण आज पनि सम्झिँदा शरीर सिरिङ्ग हुन्छःअटो व्यवसायी मिलन थापा

पोखरा, २४ भदौ, ‘घर जल्यो, भत्कियो, तर हिम्मत जलेको छैन। धनसम्पत्ति गुम्यो, तर आशा गुमेको छैन। सम्झनाका चिनोहरू खरानी भए, तर सपना खरानी भएको छैन।’पोखराकी एक व्यवसायी मिलन थापाले सामाजिक सञ्जालमा लेखेका यी शब्द केवल एउटा भावुक अभिव्यक्ति मात्र होइनन्, एक वर्षअघि आफ्नै आँखाअगाडि घर, व्यवसाय र जीवनभरको मेहनत आगोमा खरानी भएको परिवारको पीडाको दस्तावेज हुन्। आज भदौ २४ गते। थापा परिवारले त्यो कहालीलाग्दो दिन भोगेको पनि एक वर्ष पूरा भएको छ। आफ्नै पसिना, परिश्रम र जीवनभरको कमाइले बनाएको घर… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा टेवानको १ लाख, तीज मेला स्थगित

पोखरा, २४ भदौ, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताइन् । टेवानले तीजकै अवसरमा हरेक वर्ष बाराहीघाटमा आयोजना गर्दै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । ‘यस्तो परिस्थितिमा मेला आयोजना गर्न उपयुक्त नहुने ठानेर पूर्वनिर्धारित कार्यक्रम पनि… पुरा पढौ

आँटिघर पैँगीलामा चेलीबेटी समुहले तिज उत्सवको रकम बाढीपीडितलाई १ लाख ८५ हजार सहयोग गरे

पोखरा ,भदौ २४, पोखरा महानगरपालिका वडा नं २० आँटिघरमा जन्म भइ हाल पोखरामा बसोबास गर्ने आटिघर पैँगीलामा चेलीबेटी परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १ लाख ८४ हजार ८ सय ६० रुपैयाँ सहयोग गरेको छ । परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाकी अध्यक्ष शान्ता गुरुङले जानकारी दिइन्। उनका अनुसार संस्थाको कोषबाट ५५ हजार ५ सय ५५ रुपैयाँ तथा विभिन्न सदस्यहरुबाट संकलित १ लाख २९ हजार ३ सय ५ रुपैयाँ गरी उक्त रकम… पुरा पढौ

सन्तानेश्वरको महायज्ञमा २ करोड ५३ लाख संकलन, बिहीबार समापन हुँदै

पोखरा, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा २ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको आठौँ दिन बुधबार मात्रै ४० लाख ७४ हजार रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ। महायज्ञ बिहीबार दिउँसो ३ बजे समापन गर्ने तयारी गरिएको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए। उनका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढिरहेको छ। बुधबार महायज्ञमा तालबाराही आरती सेवा समितिले आरती प्रस्तुत गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती… पुरा पढौ

वाढीपीडित सहयोगार्थ सिटीवान पाँचौँ तीज गीत प्रतियोगिताको उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहलाई

पोखरा २४ भदौ, सिटीवान टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ । हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सवै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो । विजेता समूहले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कुल तृतीय तथा कमलजैशी आमा समूह सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र… पुरा पढौ

मन्त्र थकालीका ४ महिला उद्यमीले खुलेर गरे सहयोग, भोटेकोशी बाढी प्रभावितका लागि २१ लाख सहयोग

दीननाथ बराल,पोखरा, २४ भदौ, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार एवं पुनस्थापनाका लागि पोखराका चार महिला उद्यमीले संचालन गरेको मन्त्र थकालीले २१ लाख एक हजार ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको न्यूरोडबाट करिब १८ वर्षअघि सुरु भएको मन्त्र थकालीका सञ्चालक नमिता शेरचन भट्टचन, रोश्नी तुलाचन शेरचन, विनिता गौचन र तृष्णा शेरचनले संयुक्त रूपमा उक्त रकम सहयोग गर्नुभएको मन्त्र थकालीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरूले केही दिन अघि नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त… पुरा पढौ

जोन्टा क्लबद्वारा १ लाख ५० हजार राहत

पोखरा, २४ भदौ, रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ । क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्रगति माविको ७ लाख सहयोग

पोखरा, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहतका लागि पोखरा–१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले सात लाख एक सय ३१ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयका सूचना अधिकारी जयराम पौडेलका अनुसार राहत अभियानअन्तर्गत विद्यार्थीबाट एक लाख ९१ हजार १६६ रुपैयाँ संकलन भएको थियो। शिक्षक तथा कर्मचारीबाट दुई लाख ७३… पुरा पढौ

This will close in 20 seconds