अर्थतन्त्र

पोखरामा मंगलबार महानायक राजेश हमाल, सुविन भट्टराई र डा.नवराज केसी घुम्ती साहित्य उत्सवमा सहभागी हुने

पोखरा,१० कार्तिक नेपालका महानायक राजेश हमाल, लोकप्रिय लेखक सुविन भट्टराई र चर्चित लेखक डा.नवराज केसी मंगलबार पोखरा आउँदै हुनुहुन्छ। फाइनप्रिन्ट फिभरद्वारा आयोजित ‘घुम्ती साहित्य उत्सव’मा सहभागी हुन तीनैजना साहित्य तथा मनोरञ्जनका जगतका चर्चित व्यक्तित्व पोखरा आउन लाग्नु भएको हो । हालै आफ्नो आत्मकथा ‘युगदेखि युगसम्म’ सार्वजनिक गर्नुभएको हमालले कार्यक्रममा आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजन्ती रूमाल’ को बारेमा पनि विचार साझा गर्नुहुने भएको छ । युवाहरूबीच अत्यधिक लोकप्रिय ८‘समर लभ’८का लेखक सुविन भट्टराई र ‘शून्यको मूल्य’ तथा ‘स्वस्पर्श’ का लेखक… पुरा पढौ

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीद्वारा ६६ युनिट रंक्त संकलन

पोखरा, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६६ युनिट रंक्त संकलन भएको छ। लगातार परेका चाडपर्व र बिदाका कारण पोखरामा रगतको आपूर्ति घटेको अवस्थालाई मध्यनजर गर्दै महेन्द्रपुलमा आयोजना गरिएको रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजी लायन राम बसेलले पहिलो रक्तदाता, क्लबका पूर्व अध्यक्ष लायन दयाशंकर तौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे। सो अवसरमा प्रमुख अतिथि बसेलले लायन्स क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रही सामाजिक सेवामा समर्पित रहेको उल्लेख… पुरा पढौ

पोखरामा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पर्व धुमधामका साथ मनाइदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० कार्तिक पोखरामा आज (सोमबार) अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पर्व धुमधामका साथ मनाइदै छ । सुर्यका भक्तहरु फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ अस्ताउदो सुर्यलाई अर्घ सहितको फलफुल चढाउदै छठ पर्व मनाउदै गरेका हुन् । छठ पर्वको मुख्य दिन आज पोखराका मुख्य ४ स्थानमा धुमघामका साथ छर्ठ पर्व मनाउन सुरु भएको हो । https://www.youtube.com/watch?v=iwZ2GllNip8 भोलि(मंगलबार) बिहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै यस बर्षको छठ पूजा विधिवत रुपमा समापन हुने भएको हो । तराई–मधेश समुदायका… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक अशोक लामा रुम्बालाई सम्मान (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १०, कार्तिक, पोखरामा अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा विशेष समारोह बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा हाल स्पेनमा रहँदै आउनु भएको रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं ( NINTAI )कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षका रुपमा उहाँले निभाउनु भएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्याक… पुरा पढौ

पोखरा महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर एकिकृत रुपमा सेवा दिने

दीननाथ बराल, पोखरा–९, कार्तिक, पोखरा महानगरपालिकाको कार्यालय भवन जेनजी आन्दोलनका क्रममा जलेपछि अब नयाँ स्थानबाट एकीकृत रूपमा सेवा संचालन हुने भएको छ । महानगरको कार्तिक २ गते बसेको कार्यपालिका बैठकले नयाँ भवन तयार नहुँदासम्मका लागि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर अस्थायी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । बैंकको भवनमा भुई तलामा बैंक संचालनमा आएको छ भने पहिलो तला र दोश्रो तला गरी दुई तल्लामा करिब २० हजार वर्गफुट क्षेत्रफलमा रहेको छ, जहाँ विभिन्न महाशाखाहरूलाई… पुरा पढौ

पोखरामा सोमबार धुमधामका साथ छठ पर्व मनाउने तयारी

दीननाथ बराल, पोखरा, ९ कार्तिक, पोखरामा भोलि (आइतबार) छठ पर्व धुमधामका साथ मनाइने तयारी गरिएकोे छ । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज रूपमा सूर्य उपासना गर्न सकून् भन्ने उद्देश्यले यस वर्ष पनि चार प्रमुख स्थानमा विशेष छठको पूजा गर्ने गरी तयारी गरिएको हो । छठ पर्व मनाउन पोखराको लेकसाइडस्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालिखोला), सेतीनदी किनार र कमलपोखरी (भद्रकाली मन्दिर परिसर तल) गरी चार स्थानलाई विशेष रूपमा सजाइएका छन्। यी स्थानहरूमा शनिबारदेखि सरसफाइ, बत्ती सजावट… पुरा पढौ

तेस्रो पटक मन्त्रिपरिषद्‌ विस्तार, दुई मन्त्रीले शपथ ग्रहण

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्रिपरिषद्‌को तेस्रो विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिनुभयो। आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जनाको मात्र शपथ भएको हो। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आजै दुवैजनालाई नियुक्त गर्नुभएको थियो। डा. गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव हुनुहुन्छ भने गुप्ता ‘जेनजी आन्दोलन’का… पुरा पढौ

तिहारमा पोखराका उपभोक्ता फूलमा ठगिए, ६ गुणा बढी मूल्य तिर्न बाध्य

दीननाथ बराल,पोखरा, ८ कार्तिक, तिहारको रौनकमा पोखराका उपभोक्ता सयपत्री फूल र मालामा ठगिएका छन्। पोखरा महानगरपालिका, कृषि सञ्जाल र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीले फूलको मूल्य निर्धारण र बिक्री केन्द्र तोके पनि बजारमा तोकिएको मूल्यभन्दा ६ गुणा बढीमा फूल बिक्री भएको पाइएको छ। महानगरले तोकेको दरअनुसार ‘ए’ ग्रेडको सयपत्री मालाको खुद्रा मूल्य अधिकतम १५० रुपैयाँ थियो। तर तिहार नजिकिँदै गर्दा सोही माला ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। पोखराकी उपभोक्ता विमला भण्डारीले दुई माला खरिद… पुरा पढौ

पोेखरामा चक्कु प्रहारबाट एक युवाको हत्या

पोखरा, ८ कार्तिक, पोखरामा चक्कु प्रहारबाट एक युवाको हत्या भएकोे छ । पोखरा महानगरपालिका–५, पस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको शनिबार बिहान चक्कु प्रहारबाट हत्या भएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय किशोर तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति पस्र्याङस्थित एक रेष्टुरेन्टमा सँगै बसेर रक्सी सेवन गर्ने क्रममा दुवै बीच विवाद भएको बताइन्छ । राति साढे २ बजेदेखि ३ बजेतिर वादविवाद बढ्दै गएपछि पराजुलीले तिमिल्सिनालाई दुई थप्पड… पुरा पढौ

पोखरामा छठ पर्व मनाउन सुरु, चार मुख्य घाटमा तयारी तीव्र

दीननाथ बराल,पोखरा, ८ कार्तिक पोखरामा यस वर्षको छठ पर्व चार मुख्य घाटमा धुमधामका साथ मनाइने तयारी भइरहेको छ। मधेश–तराई समुदायलाई पोखरामै सूर्य उपासना गर्न सहज होस् भन्ने उद्देश्यले तयारी तीव्र पारिएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताएका छन् । छठ पर्व फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर परिसर, रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला), सेतीनदी किनार, र कमलपोखरी (भद्रकाली मन्दिर तल) गरी चार स्थानमा मनाइँदै छ। नारायणथान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताका अनुसार शनिबारदेखि नै सबै पूजास्थलमा सरसफाई र झिलिमिली बत्तीको सजावट सुरु… पुरा पढौ