अर्थतन्त्र

४ सय जनाको सित्तैमा जाँच

पोखरा, २२ भदौ, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो ।… पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको साधारणसभा ः कार्यस्थलमा सुरक्षाको माग

पोखरा,२२ भदौ, हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सुरक्षा हुनुपर्ने उनीहरुको माग छ ।देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गर्नुभयो । उहाँले अत्यन्त जोखिम… पुरा पढौ

सामाजिक सञ्जाल नचल्दा व्यवसाय प्रभावित, तत्काल निर्णय फिर्ता गर्न फिने गण्डकीको जोडदार माग

पोखरा २२ भदौ, पर्यटनको मुख्य सिजनका वेला सरकारले चालेको कदम प्रति गण्डकी प्रदेशका व्यवसायीहरुले आपती जनाएका छन् । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल निष्कृय पार्दा उक्त सामाजिक संजालबाटै व्यवसाय प्रबद्र्धन तथा प्रचार प्रसार गरेका व्यवसायीहरुले उक्त सामाजिक संजाल बन्द हुदा आफुहरुको व्यवसायमा ठुलो असर परेको गुनासो गरेका छन् । यसैबिच, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले उक्त निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको… पुरा पढौ

पर्वतीय दौड सफल पार्ने पर्यटन व्यवसायीको वचन, फाराम भर्ने म्याद भदौ २५ सम्म

पोखरा, २२ भदौ, विश्व पर्यटन दिवस अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरुले प्रभावकारी ढंगले सहयोग गर्ने वचन दिएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिक प्रा.लि. संयुक्त आयोजनामा यही असोज ४ गते हुने प्रतियोगिता सफल पार्न आवश्यक सहयोग गर्ने उनीहरुले बताएका हुन् । केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा शनिबार छलफलमा व्यवसायीहरुले सरकारले हाल सामाजिक सञ्जाल फेसबुकसहित २६ सामाजिक सञ्जाल निष्कृय पारेकाले भाइवर र टिकटकलाई प्रतियोगिताको प्रचार माध्यम… पुरा पढौ

पोखरामा सम्पन्न स्व. इन्द्र बहादुर स्मृति ब्याडमिन्टन अमृत थापा र निभा राई च्याम्पियन

पोखरा कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न २१औं स्व.इन्द्र बहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा पोखरा पब्लिकका अमृत थापा र मैत्रय पाठशालाकी निभा राई च्याम्पियन बनेका छन्। कक्षा ९–१० छात्र सिंगल्सतर्फ अमृतले फाइनलमा कञ्चनजंघाका सक्षम गुरुङलाई २१–१५, १४–२१ र २१–१९ ले हराउँदै उपाधि चुमे। त्यस्तै छात्रातर्फ निभाले सेन्ट फ्रान्सिसकी कुशुम थापा मगरलाई २१–१, २१–४ ले सहज जित निकाल्दै उपाधि जितिन्।कक्षा ६–८ छात्र सिंगल्स तर्फ रेनबोका रियान मल्ल प्रथम, मैत्रयका मिजाश उदाश द्वितीय भइन् । कक्षा ६–८ छात्रा सिंगल्स बालोदयकी… पुरा पढौ

पोखरामा हुवावे सुपर ईभी चार्जिङ हब सञ्चालनमा, एकै पटकमा १० वटा गाडी चार्ज गर्न सकिने

दीननाथ बराल, पोखरा, भदौ २१, पोखरामा अत्याधुनिक प्रविधि सहितको सुपर फास्ट ईभी चार्जिङ स्टेशन संचालनमा आएको छ । पोखरा–सिमलचौर (राष्ट्र बैंक रोड) मा आधा मेगावाट (५०० किलोवाट) लोड क्षमताको सुपर फास्ट हब ईभी चार्जिङ स्टेशन शनिबार देखि सञ्चालनमा आएको हो । ४०० किलोवाट क्षमताको अत्याधुनिक हबमा एकै पटक १० वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सक्ने क्षमता रहेको क्लिक इनर्जी (इनर्जी इन्भाइरमेन्ट कस्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.) का अध्यक्ष महिला उद्यमी इन्दिरा शर्मा भण्डारीले बताउनु भयो । यस स्टेशनमा चौबिसै घण्टा चार्जिङ… पुरा पढौ

पृथ्बी होटल संघको अध्यक्षमा मोती प्रसाद श्रेष्ठ

पोखरा, २१ भदौ, पृथ्वी होटल व्यवसायी समितिको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले मोती प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । पोखरामा हालै सम्पन्न भएको उक्त अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी समितिको बरिष्ठ उपाध्यक्षमा ऋषिराम पौडेल, उपाध्यक्षमा विदुर ढुंगना, महासचिवमा शोभाकान्त चापागाई, सचिवमा कन्चन बराल, कोषाध्यक्षमा अनुप पाण्डे, सहकोषाध्यक्षमा मित्रलाल ढकाल चयन भएका हुन् । त्यसै गरी अन्य १० जना सदस्य चयन भएका छन् । व्यवसायिक हकहित… पुरा पढौ

एलपी ग्याँस विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा, भदौ २१, दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् । नेपालमा एलपी ग्याँसको कारोबार वि।सं।२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् ।कास्कीक् जिल्लामा हाल १८ वटा कम्पनीको ग्याँस… पुरा पढौ

सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा

पोखरा, २१ भदौं, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले कम भन्दा कम खर्च गरेर उत्कृष्ट काम सामुदायिक केन्द्रहरुले गरेको उल्लेख गरे । ‘समाजमा हुने हरेक अपराधिक घटना नियन्त्रण गर्नमा यहाँहरुको भूमिका अतुलनिय रहेको छ’ कार्कीले भने, ‘प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरुसँग हातेमालो गरेर… पुरा पढौ

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ

भदौ २१,पोखरा, नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ। समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन हुनुभयो । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन हुनुभयो ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको… पुरा पढौ