अर्थतन्त्र

पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु

पोखरा, पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबार एक सूचना जारी गर्दै बिहीबार (भदौ २६) साँझ ७ बजेदेखि शुक्रवार बिहान ५ः०० बजेसम्म पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको उल्लेख गरेको छ । उक्त समयमा घर बाहिर ननिस्कन प्रशासनले पोखरेलीहरुमा आग्रह गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु आदेश जारी गरेको सूचनामा शुक्रवार बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने उल्लेख गर्नु भएको छ । कास्की… पुरा पढौ

पोखरामा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

दीननाथ बराल,पोखरा २६ भदौ, पोखरामा जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ। पोखरा क्षेत्रमा निषेधाज्ञा लागु हुने गरी उक्त सूचना जारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो “निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दछौं, आज अबस्था अनुसार साँझ पुनः मूल्याङ्कन गरी थप निर्णय गरिनेछ।” निषेधाज्ञा तथा कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न,… पुरा पढौ

अटो व्यवसायी थापाको घरमा महिलाको शव भेटियो, महत्वपूर्ण डकुमेन्ट सहितको भौतिक संरचना खरानी, केही निजी व्यवसायमा पनि आगजनी, जेनजी सरसफाई अभियानमा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २५ भदौ, जेनजी आन्दोलनको क्रममा मंगलबार आगलागी भएको अटो व्यवसायी धुर्व थापाको घरमा एक महिलाको शव फेला परेकोे छ । उहाँको घरमा काम गर्दै आउनु भएको सिन्धुपालचोक निवासी करिब ४५ वर्षीया सञ्जु नगरकोटीलाई आज (बुधबार) मृतावस्थामा भेटिएको थापाले पोखरा क्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=-Mr-DpxOtaM सीजी सहितको सोरुमसमेत रहेको पाँचतले भवनमा भएको आगलागीमा कर्मचारी गुमाउनु परेकोमा उहाँले गहिरो दुःख व्यक्त गर्दै “आगजनी हुँदा मानवीय क्षतिसमेत हुनुप¥यो, यो निकै पीडादायी छ,” थापाले भन्नुभयो सोरुमका गाडीहरूदेखि भवनसमेतमा ठूलो क्षति पुगेको छ… पुरा पढौ

जेनजी समुहबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौंं, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको छ । जेनजी समुहमा आज भएको छलफलबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने बिषयमा धेरैको सहमति भएसंगै जेनजी समुहले उक्त प्रस्ताव नै गरेको छ । उक्त प्रस्ताव पश्चात पूर्वप्रधानन्यायाधीश कार्कीले भने जेनजी समुहले गरेको प्रस्तावमा आफुले देशको नेतृत्व संहाल्ने बताउनु भएको हो । आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको उहाँको भनाई थियो ।जेनजी पुस्ताले आफूलाई अत्याधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको पूर्वप्रधानन्यायाधीश कार्कीको भनाई छ । कार्कीले आन्दोलनका क्रममा ज्यान… पुरा पढौ

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

पोखरा, कास्की जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। जिल्लामा हालै भएको जेनजी प्रदर्शनका क्रममा अवाञ्छित तत्त्वसमेत मिसिएर सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यवसायिक प्रतिष्ठान र होटेलमा तोडफोड, आगजनी र लुटपाट भएका कारण प्रशासनले यस्तो सूचना जारी गरेको हो। प्रशासनले जनाएको छ— शान्ति–सुरक्षालाई नियन्त्रणमा लिन मंगलबार राति १० बजेदेखि नै नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन भइसकेका छन् र स्थिति क्रमशः सामान्यतर्फ उन्मुख छ। यस विषम परिस्थितिमा तपाईँलाई संयमित रहन आग्रह गरिएको छ। कुनै पनि अराजक गतिविधि… पुरा पढौ

नेपाली सेनाद्धारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

काठमाण्डौं, जेनजीको आन्दोलनको दोश्रो दिन आज मंगलबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आव्हान गरेका छन् । मंगलबार सम्बोधन गर्दै उनले अहिलेको वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकोले त्यसको आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्तामा आउन आग्रह गरेका हुन् । साथै उनले देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट… पुरा पढौ

कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी भागे

पोखरा, कास्की कारागारबाट कबिर ९ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । जेनजी आन्दोलनका आन्दोलनकारीले मंगलबार कारागार तोडफोड गरेसंगै कैदीबन्दी भगाएका हुन् । जेनजी प्रदर्शनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सम्मको सूचना आएसंगै प्रहरीले सुरक्षा कडा पारेको थियो हजारौं सहभागि आन्दोलनकारी बिरुद्ध प्रहरीको केही लागेन । मंगलबार साँझ जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले पोखराक्लिकलाई जनाएको छ । जेनजी प्रदर्शनकारीले कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिट समेत गरेर कैदीबन्दीहरुलाई भगाएको बताइन्छ । कास्की कारागारमा ब्लक (ए)… पुरा पढौ

जेन जेड प्रदर्शन यस्तो बनोस् अबको ‘नेपाल’

नेपाल फेरि एउटा परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ । दशकौं लामो राजनीतिक संक्रमण, जनताको राज्यप्रति असफल आशा र भ्रष्टाचारले थकित जनतामा विशेषगरी नयाँ पुस्ता जेन जेड उठेर आएको छ । सोसल मिडियामा प्रतिबन्ध, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप, र नातावाद–भ्रष्टाचारको श्रृङ्खलाबद्ध गुनासोले यो पुस्ता सडकमा निस्कियो । ‘जेन जेड आन्दोलन’ले मुलुकभर राजनीतिक चेतना र जनदबाबको नयाँ तरंग ल्यायो । आन्दोलनको मूल कारण अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध, नातावाद(भ्रष्टाचार, र दलहरूको अकर्मण्यता नै हो । युवापुस्ताको आक्रोश सडकमा उम्लियो, २१ जनाको ज्यानको बलिदान भयो, र… पुरा पढौ

पोखराका सरकारी कार्यालयदेखि निवास र होटलमा क्षेती (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २४ भदौ जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार पोखरा युद्धभूमि झैँ देखियो। लाखौं युवाको उर्लदो भीडलाई रोक्न सुरक्षाकर्मी असमर्थ बनेपछि सरकारी कार्यालयदेखि मन्त्री, मुख्यमन्त्री र मेयरका निजी घर–निवाससम्म आगोले घे¥यो। होटल, सोरुम, पार्टी कार्यालय र सवारी साधनहरु जलेर खरानी भए। यस घटनाबाट अबौं बढीको क्षति भएको अनुमान गरिएको छ। https://www.youtube.com/watch?v=1lrU1hDoEm4 जहाँ–जहाँ आगो फैलियो पोखरा महानगरपालिका – कार्यालयदेखि वडा कार्यालयसम्म तोडफोड, मोटरसाइकल र गाडी जले। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवास – सरकारी घर तोडफोड। मन्त्री विन्दुकुमार थापा – नयाँबजारको निवास, उनका… पुरा पढौ

पोखराका जेन्जी आन्दोलन जारी, कास्की प्रशासनले कर्फ्यु आदेश जारी गर्यो

पोखरा युवा बिद्यार्थी सहितको जेनजीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेनजी प्रदर्शनकारीले हिजो सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालय, वन मन्त्रालयको सवारी साधनमा तोडफोड गरेका थिए भने प्रहरीबाट एक जना बिद्यार्थीलाई रवरको गोली लागेर घाइते हुनु भएको छ । पुरा पढौ