पोखरा, जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको लामाचौरस्थित प्रहरी सीआरभी भवन पुनः सञ्चालनमा ल्याइएको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा र स्थानीय समुदायको सक्रिय सहयोगमा उक्त भवनको सरसफाइ, मर्मत–संहार तथा रंगरोगन सम्पन्न गरी भवनलाई पुनः प्रयोगमा ल्याइएको हो । नव आदर्श सामुदायिक विकास समाजले लामाचौर, बाटुलेचौर, पोखरा–१६ र १९ क्षेत्रका स्थानीय संघसंस्था, एलसी ब्रदर्स क्लब, व्यापारी, आमा समूह, बैंक तथा सहकारी संस्था, विद्यालयहरू, स्थानीय बासिन्दा लगायत सबैको भौतिक, नैतिक, जिन्सी, जनश्रम र आर्थिक सहयोगप्रति आभार प्रकट गरेको छ ।…
पुरा पढौ