२६ औँ आदर्श कप माघ ९ गतेदेखि हुने, पुलिस र शसस्त्र प्रहरी ससिहत ८ टिम सहभागि हुने (भिडियो)

-


     पोखरा क्लिक     
     माघ ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३ माघ

पोखरा २९ को आदर्श युवा क्लबको आयोजनामा पोखरामा यही माघ ९ गतेदेखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने प्रतियोगितामा दुई विभागीय नेपाल पुलिस र शसस्त्र प्रहरीको टोली सहित आठ टिमको सहभागिता रहने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा दुई विभागिय नेपाल प्रहरी (गण्डकी प्रदेश) र सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), सहित आयोजक आदर्श युवा क्लब, कास्की, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (वालिङ–स्याङ्जा) सहभागि हुने भएको क्लबका अध्यक्ष पदम गुरुङले बताउनु भयो । क्लवले खेल तालिका(टाई सिट) समेत शनिबार सार्वजनिक गरेको छ । माघ ९ गते हुने उद्घाटन खेलमा कास्की जिल्ला फुटवल संघ (कास्की ११) र नेपाल प्रहरी (गण्डकी प्रदेश ) बिच प्रतिष्प्रर्धा हुने भएको छ । प्रतियोगितामा विजेतालाई ४ लाख ९९ हजार ९ सय ९९ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने उपविजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्र्रदान गरिने भएको हो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगिताको अनुशासित टोलीलाई विशेष ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

क्लब खेलाडी उत्पादन, प्रवद्र्धन र संरक्षणमा निरन्तर सक्रिय रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो। फष्ट च्वाइस फुड्स लिमिटेडका प्रमुख कृष्णप्रसाद पौडेलले उक्त प्रतियोगितालाई सफल पार्न आफुरुले सहकार्य सहित प्रमुखप्रायोजन गरेको बताउनु भयो । ३० हजार किसानले उत्पादन गरेको आलुबाट फ्रेन्सप«mई हाल अमेरिका सम्म पठाउन सुरु गरेको बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक सुद्धोधन ४ रुपन्देहीमा रहेको फष्ट च्वाइस फुड्स लिमिटेड रहेको छ । पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले राष्ट्रिय प्रतियोगिताबाट हाल प्रदेश स्तरियमा संचालन भएको यस प्रतियोगितालाई आर्थिक जोहो र प्रायोजकहरुको उचित व्यबस्थापन गरी भविश्यामा राष्ट्रिय स्तरकै फुटवल प्रतियोगिता गर्न पहल गर्ने बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख खर्च हुने सचिव सन्तोष गुरुङले बताउनु भयो । प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले बताउनु भयो । “फुटबलको माध्यमबाट अनुशासित, सक्षम र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो।

प्रायोजकमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सफल व्यवसायी छत्रधर आत्रेय, सह–प्रायोजक आदर्श हार्डवेयर, उप–प्रायोजक निट डेन्टल क्लिनिक र आईवा एजुकेसन कन्सल्टेन्सी रहेका छन्। यातायात खर्च प्रायोजकका रूपमा स्थानीय यातायात प्रा.लि. पोखरा रहेको छ । क्वार्टरफाइनल तथा सेमिफाइनल खेलको टिकट दर १०० र फाइनल खेलको टिकट दर २०० तोकिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । क्लवले जिल्ला स्तरिय हुदै सुरु गरेको प्रतियोगिता विजय गुरुङको नेतृत्व सम्हालेका वेला भने राष्ट्रिय प्रतियोगिता समेत आयोजना गरेको थियो हाल प्रदेश स्तरियमा झरेको छ ।