मिस तामाङ पोखरा–२०२६ का प्रतियोगीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     पौष २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ पुस,

सोनामल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामाहुनलागेको मिस तामाङ पोखरा–२०२६ का प्रतियोगीयुवतीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्नभएको छ । कार्यक्रममा सहभागीप्रतियोगीहरूले आफूभित्रनिहितकला, सीप तथासिर्जनात्मकप्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगी रोज स्याङदेन लामाले सेल्फ ब्राइडल मेकअप, कविना घिसिङ तामाङले मेकअपकला, सोनीपाख्रिनतामाङले तामाङ सेलोमा आकर्षक नृत्य प्रस्तुत गरिन्। त्यसैगरी मायादुम्जनतामाङ र सुप्रियागोले तामाङले गीतगायन, खुसी मोक्तानतामाङले लोक नृत्य प्रस्तुत गरिन्। सलिना स्याङदेन तामाङले चित्रकलातथा सोममाया मोक्तानतामाङले हस्तकलाका सामग्रीनिर्माण गरी प्रदर्शन गरेकीथिइन्।

प्रतिभा प्रस्फुटन कार्यक्रमका निर्णायकहरूमागीतकार तीर्थ तामाङ, नेपालपत्रकार महासंघ कास्कीकाउपाध्यक्षतथा सञ्चारकर्मी कञ्चनथापा, र एसके डान्स एण्ड ट्रेनिङ सेन्टरका प्रबन्धनिर्देशकमायालामा रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुतिउच्चस्तरीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिककला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताएकाथिए।

गीतकार तीर्थ तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको प्रतिनिधिमात्रनभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्तवाहकभएको धारणा व्यक्त गरे। नेपालपत्रकार महासंघ कास्कीकाउपाध्यक्षकञ्चनथापाले प्रतियोगिताले युवतीहरूको नेतृत्वक्षमता र सिर्जनशीलताउजागर गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालनहुनुपर्नेमा जोड दिए।
बैदामतामाङ सेवा समाजकाअध्यक्षज्याकतामाङको अध्यक्षतामा सम्पन्नकार्यक्रममा संयोजक रोशिलाब्लोन तामाङले स्वागतमन्तव्यदिँदै प्रतियोगीहरूलाई शुभकामनाव्यक्त गरेकीथिइन्। अध्यक्षतामाङले मिस तामाङ पोखरा प्रतियोगिता संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सवभएको उल्लेख गर्दै आगामीदिनमाकार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

मिस तामाङ पोखरा–२०२६ को ग्राण्ड फिनाले यही माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा हुने आयोजकले जनाएको छ। ग्राण्ड फिनालेमा ८ जनायुवती सहभागीहुनेछन्। ग्राण्ड फिनाले कार्यक्रममाकलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ, सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम नेपाल सरकारका निवर्तमानऊर्जा मन्त्रीतथा ‘उज्यालो नायक’कुलमान घिसिङको प्रमुखआतिथ्यतामा सम्पन्नहुनेछ। प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँतथाआकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले नगद ५० हजार, सेकेन्ड रनरअपले नगद ३० हजार, तथाभ्युअर्स च्वाइसतर्फ एक जनाले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

हालसम्मविभिन्न क्षेत्रकाख्यातिप्राप्तव्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिमप्रदान गरिसकेका छन्। तालिमप्रदान गर्नेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेलीयुवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेशनम्यानेजर सञ्जय मल्ल, नेपालपत्रकार महासंघ कास्कीकाउपाध्यक्षकञ्चनथापा, अधिवक्ताजुना गुरुङ, साइबर ब्युरोबाट प्रहरी वरिष्ठ नायब निरीक्षकदुर्गा योञ्जन, प्रहरी सहायकहवल्दार सुरज रिमाल, फिटनेसका इन्टरनेशनल सर्टिफाइड लेभल–फोर प्रशिक्षकज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेग्मीमाया गुरुङ, जोन्टा क्लबपोखराकाअध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपालतामाङ घेदुङका केन्द्रीयउपाध्यक्षदीपकवाइवातामाङ, तामाङ भाषाविद् अजितमानतामाङ, नेपालचलचित्रविकास बोर्डका अध्यक्षदिनेश डिसी, नेपालतामाङ घेदुङकापूर्व अध्यक्षधनप्रसाद तामाङ लगायत रहेका छन्। तालिममा सहभागीयुवतीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिलाअधिकार, सेल्फ डिफेन्सजस्ताजीवनोपयोगीविषयमा प्रशिक्षण दिइएको छ। साथै स्टेज प्रस्तुति र आत्मविश्वास अभिवृद्धिका लागि कोरियोग्राफीतालिमजितालामा, रोशिलाब्लोन तामाङ र रामलामाले प्रदान गरिरहेका छन्। कार्यक्रमकाअफिसियलफोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टर गणेश बज्र लामा रहेका छन्।