पोखरा स्पोर्ट्स अवार्डको करिब साँढे ३ महिना अघि मिति घोषणा

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८२ मा प्रकाशित


पोखरा, २८ पुस ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८२ साँढे ३ महिना अघि मिति घोषणा गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब÷संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । अवार्डले गण्डकी प्रदेशको खेल प्रवद्र्धन तथा खेलाडी एवं प्रशिक्षक तथा खेल पत्रकारिताको क्षेत्रमा थप टेवा पुगेको विश्वास गरिएको छ ।