
पोखरा,१० कार्तिक
नेपालका महानायक राजेश हमाल, लोकप्रिय लेखक सुविन भट्टराई र चर्चित लेखक डा.नवराज केसी मंगलबार पोखरा आउँदै हुनुहुन्छ। फाइनप्रिन्ट फिभरद्वारा आयोजित ‘घुम्ती साहित्य उत्सव’मा सहभागी हुन तीनैजना साहित्य तथा मनोरञ्जनका जगतका चर्चित व्यक्तित्व पोखरा आउन लाग्नु भएको हो ।
हालै आफ्नो आत्मकथा ‘युगदेखि युगसम्म’ सार्वजनिक गर्नुभएको हमालले कार्यक्रममा आफ्नो नवीनतम् कृति ‘चमेलीको फूल, बैजन्ती रूमाल’ को बारेमा पनि विचार साझा गर्नुहुने भएको छ । युवाहरूबीच अत्यधिक लोकप्रिय ८‘समर लभ’८का लेखक सुविन भट्टराई र ‘शून्यको मूल्य’ तथा ‘स्वस्पर्श’ का लेखक डा। नवराज केसी पनि कार्यक्रम मार्फत पाठकहरूसँग प्रत्यक्ष संवाद गर्नु हुने भएको छ ।
आयोजकका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ कार्यक्रम पोखरा न्युरोडको सिटि स्क्वायर बैंङकवेटमा दिउसो २ः०० बजे पछि हुने भएको दीपक पराजुलीले पोखराक्लिकलाई बताउनु भयो । यस उत्सवमा सबै साहित्यप्रेमी, पाठक र शुभचिन्तकहरूलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको उहाँले जनाउनु भयो ।





