अर्थतन्त्र

प्रथम ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोट्र्स नेपाललाई

दीननाथ बराल, प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० को उपाधि वाटर स्पोट्र्स नेपालले जितेको छ । पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको खेलमा वाटर स्पोट्र्स नेपालले अन्य १३ टिमलाई पछि पार्दै उपाधि सहित नगद ३ लाख हात पार्न सफल भयो । प्रतियोगितामा २ सय मिटर तर्फको ड्रागन वोट रेसमा नारा पोखराको समुहले उपाधि जित्यो । नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ः४८० सेकेण्डमा पार गर्नु भएको थियो । दोश्रो भएको वाटर स्पोट्र्स नेपालले भने १ मिनेट ४४ः८१० सेकेण्डमा उक्त… पुरा पढौ

दोस्रो वडा अध्क्षय कपको उपाधी सृर्जनजशील क्लबलाई

बासकोटमा जारी दोस्रो सेभेन एसाइड वडा अध्क्षय कप २०८० को उपाधी सृर्जनशील क्लब ग्रीनले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउदै नगद ५० हजार शिल्ड ,ट्रफि , मेडल र प्रमाण प्रत्र प्राप्त ग¥यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार ट्रफि मेडल प्रमाणपत्र पाएको थियो । गत वर्षको विजेता रहेको लामागाउँलाई हराउदै आयोजकको क्लबले कप जितेको हो । फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्क्षय भरत… पुरा पढौ

पूर्व कर्मचारी परिषद कास्कीद्धारा ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना

जया पौडेल, पूर्व कर्मचारी परिषद नेपाल कास्की शाखाले ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना गरेको छ । परिषदमा हालै आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले उक्त सेवाको उद्घाटन गर्दै पूर्व कर्मचारीहरुसंग धेरै अनुभव भएको बताउदै देशमा उहाँहरुले पुराएको योगदानलाई राज्यले सधैं सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । परिषद कास्कीका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नायब महालेखापरिक्षक रामबाबु नेपाल, गण्डकी प्रदेशको पशु विकास निर्देशनालयका महानिर्देशक प्रेरणा भट्टराई, परिषदका उपाध्यक्ष अनन्तराज लम्साल, सदस्य गिरधारी… पुरा पढौ

सहारा एकेडेमीमा थप १७ जना बालकको खोजी

दीननाथ बराल, पोखराको सहारा क्लवले आउँदो नयाँ शैक्षिक सत्र २०८१ देखि संचालन गर्ने गरी सहारा फुटवल एकेडेमीमा थप १७ जना बालकलाई ब्यबस्थापन गर्ने भएको छ । पोखरा १७ दोभिल्लामा रहेको सूर्यबहादुर केसी मेमोरियल सहारा आवसीय फुटबल एकेडेमीमा चौंथो ब्याजको लागि बाँकी १७ प्रशिक्षार्थी बालकहरुलाई नयाँ भर्ना गर्ने निर्णय अनुसार १७ जना बालकहरुको खोजी गरिएको क्लवले जनाएको छ । एकेडेमीमा भर्ना हुने प्रशिक्षार्थी बालकहरुको न्यूनतम योग्यता तथा मापदण्ड समेत क्लवले सार्वजनिक गरेको हो । कठिन परिस्थिति तथा विपन्न वर्गको भएकाहरु मध्य… पुरा पढौ

पटयार लाग्दा भाषणहरु छोट्याउन परिषदको आग्रह

गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ । परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला÷फूलको प्रयोग… पुरा पढौ

अनुभव आदान प्रदान गर्दै सामुदायिक सेवा केन्द्र वगर

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ । नुवकोट जिल्लाको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवि घाट, वनदेवि मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँहरुको अवलोकन गरिएको थियो। केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव साट साट र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधि वारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । ‘विशेष… पुरा पढौ

मारिया मन्टेश्वरीमा दिक्षान्त समारोह

पोखरा ७ मासबारमा रहेको मारिया मन्टेश्वरीले यूकेजीमा अध्ययनर विधार्थीलाई दिक्षित गरेको छ । एक समारोहका विच यूकेजी कक्षाका २६ जना विधार्थीलाई दिक्षित गरेको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले भौतिक पुर्वाधारमा अब्बल मारिया मन्टेश्वरीले शिक्षण सिकाइ प्रकृयालाई अगाडी बढाउने क्रममा छोटो समयमा नै पहिचान बनाउन सकेको बताउनुभयो । उहाँले महिलाहरुलाई रोजगारी सृजना गर्न मन्टेश्वरीहरुले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले सम्पुर्ण स्रोत र साधनले सम्पन्न मारिया मन्टेश्वरीको शैक्षिक गतिविधिलाई थप सशक्त तबरले अगाडि… पुरा पढौ

फेवा महोत्सवलाई साथ र सहयोग रहने संघ संस्थाको प्रतिवद्धता

होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रमहरु पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र संभव भएसम्म डुंगा दौड समेत महोत्सवमा… पुरा पढौ

खेलकुद मन्त्री श्रेष्ठद्धारा रंगशाला अवलोकन, खेलकुदमा भएको चाकडी प्रथाको अन्त्य गर्नुपर्नेमा जोड

दीननाथ बराल, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा चाकडी गर्ने परिपाटीले गर्दा खेलकुद क्षेत्र अघि बढ्न नसकेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहनु भएको मन्त्री श्रेष्ठले आइतबार पोेखरा रंगशालाको अवलोकन गर्दै खेलकुदमा चाकडी गर्ने सिस्टमले गर्दा खेलकुदको विकास हुन नसकेको बताउनु भएको हो । उहाँले भन्नु भयो, “खेलकुदको विकास गर्न एक प्रशिक्षकले आफ्ना खेलाडीहरु उत्पादन गर्नु भन्दा पनि कुन नेताको कसरी नजिक हुँदा आफुलाई फाइदा हुन्छ, कसरी चाकडी गर्न सकिन्छ भन्ने सोच्नाले नेपाली खेलकुदको… पुरा पढौ

पोखराको लेकसाइडमा होली पर्वको रौनक (फिचर फोटो) सहित

दीननाथ बराल, विदेशी पर्यटक पनि रंगिदै रमे, नेपालको पर्यटनको राजधानि पोखरामा आइतबार स्वदेशी तथा विदेशी पर्यटकहरु रंगिदै, छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको छ । पोखराको लेकसाइड क्षेत्रमा केन्द्रित भएको होली विशेष कार्यक्रम लेकसाइडको सडक देखि विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु सामुहिक रुपमा एक आपसमा रंग लगाउदै, खुसि साटसाट गर्दै छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको हो । लेकसाइड क्षेत्रमा होली बिशेष कार्यक्रम आयोजना हुँदा उक्त कार्यक्रममा सहभागिहरुलाई व्यबस्थापन गर्न प्रहरी र आयोजकलाई हम्मेहम्मे भएको थियो । रेष्टुरेण्ट एण्ड… पुरा पढौ