पूर्व कर्मचारी परिषद कास्कीद्धारा ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना

-


     पोखरा क्लिक     
     चैत्र १२ गते २०८० मा प्रकाशित


जया पौडेल,

पूर्व कर्मचारी परिषद नेपाल कास्की शाखाले ज्येष्ठ नागरिक दिवा सेवा तथा पुस्तकालय स्थापना गरेको छ । परिषदमा हालै आयोजित एक समारोहका बिच गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले उक्त सेवाको उद्घाटन गर्दै पूर्व कर्मचारीहरुसंग धेरै अनुभव भएको बताउदै देशमा उहाँहरुले पुराएको योगदानलाई राज्यले सधैं सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।

परिषद कास्कीका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नायब महालेखापरिक्षक रामबाबु नेपाल, गण्डकी प्रदेशको पशु विकास निर्देशनालयका महानिर्देशक प्रेरणा भट्टराई, परिषदका उपाध्यक्ष अनन्तराज लम्साल, सदस्य गिरधारी सुवेदी लगायतले बोल्नु भएको थियो ।

आज पूर्ब कर्मचारी सेवा परिषदको प्राङ्गणमा एक भब्य समारोहमा गण्डकी प्रदेशका प्रमुख सचिब लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्थतामा पुस्तकालयको स्थापना, दिवा सेवा कार्यक्रमको उद्घाटन ,पूर्व नायब महालेखापरिक्षक रामबाबु नेपाल द्वारा सरकार प्रतिको जनबिश्वासःयसका आयामहरुका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष स्व.खेमनाथ शर्माको पुण्य स्मृतिमा उहाँका छोराहरु प्रताप, प्रदिप बुहारी श्रृजना,सपना पौडेलद्वारा स्थापना गरिएको बुहारी सम्मान अक्षयकोषको लागि २ लाख ५ हजारको चेक हस्तान्तरण समेत गरिएको छ । हालै निबृत हुनु भएको गुरु पौडेललाई आजिवन सदस्यता समेत प्रदान गरिएको परिषदले पोखराक्लिकलाई जनाएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय सहितको सहयोग रहेको बताउदै अध्यक्ष बरालले उक्त सेवा स्थापनाले परिषदका सदस्यहरुलाई जीवन यापनमा सहज र सरल हुने विश्वास व्यक्त गर्नु भयो ।



This will close in 20 seconds