अर्थतन्त्र

उन्नति बचत तथा ऋण सहकारीको साधारण सभा

पोखरा,१६ पुस पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले एक समारोहकाबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले सहकारी संस्थाहरु नाफामूखी मात्र भएर आफ्नो जिम्मेवारी पूरा नहुने उल्लेख गर्नुभयो ।उहाँले सहकारी संस्थाहरुले सहकारीका सिद्धान्त अक्षरस अनुसरण गर्दै सदस्यहरुको हित र सामाजिक उत्तर दायित्वलाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा सञ्चालक र कर्मचारीको मात्र हालिमुहाली हुन नहुनेमा जोड दिँदै तिवारीले भन्नुभयो,“सदस्यको… पुरा पढौ

१९ औ लेखनाथ महोत्सव लक्ष्य भन्दा वढी सफल

लेखनाथ, १६ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिएका छन । उनले पोखरा आफैंमा सौन्र्दर्यले भरिपुर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरि पर्यटनको राजधानी बनाउनुपर्ने वताएका थिए ।कार्यक्रममा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले व्यापारिक मेला तथा… पुरा पढौ

सडक महोत्सवमा खेलः गौरीघाट र फिटनेश हबको जित, रस्साकसीमा खसी, बोका र कुखुराको भाले पुरस्कार

पुष १६,पोखरा रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश ः नगद… पुरा पढौ

३ करोड लगानीमा पोखरामा खुल्यो पर्फेक्सन कस्मेटोलोजी

पोखरा, १६ पुस देशमा आर्थिक मन्दिले व्यवसायीहरु वाक्क र दिक्क भएको अबस्थामा पोखरामा सौन्दर्य क्षेत्रमा पोखरेली एक महिलाले ठुलो लगानी गरेकी छन्। चुनौतीमा अवसर खोज्दै पोखराकी सञ्जु श्रेष्ठले आफ्नो दुई दशक बेलायतमा बसेर हासिल गरेको ज्ञान, सिप सहितको पैसा हाल आफ्नै क्षेत्रमा लगानी गरेकी हुन्। उनको करिब ३ करोडको लगानीमा अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधा सहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्यूरोडको दरबारथोक मार्गमा हालै सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन्… पुरा पढौ

पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्रिएको रेवानको दाबी ,आतिसबाजी पर्यटकको आकषर्ण बन्यो

रेवान पोखराले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको करिब ३ किलोमिटर सडक क्षेत्रमा आयोजना गरेको पोखरा सडक महोत्सवमा यसपाली ५ लाख पर्यटक भित्रिएको दाबी गरेको छ । महोत्सवको चौथो तथा इभको दिन आइतबार मात्र करिब साँढे २ लाख पर्यटक भित्रिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । पोखरामा आज(सोमबार)सम्म चल्ने २५ औं संस्करणको सडक महोत्सवमा ५ दिनको महोत्सवमा करिब ५ लाख भन्दा बढी पर्यटक भित्रिएको उहाँले जनाउनु भयो । अंग्रेजी नयाँ वर्षको अवसरमा आगन्तुक पर्यटकहरुको लागि रेवान पोखराले आतिसबाजी समेत… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ, १५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ… पुरा पढौ

पर्वतका टीकाराम तिमिल्सिना मह बेचेर वर्षिक ३५ लाख आम्दानी

पर्वत – घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार… पुरा पढौ

कालीगण्डकीबासीलाई सित्तैमा बिजुली

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो… पुरा पढौ

गण्डकी प्रदेशको बजेट पारित

पोखरा ३०, असार गण्डकी प्रदेश सरकारको बजेट पारित भएको छ । विहिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन गरिएको उक्त बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशको… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो । गण्डकी प्रदेश… पुरा पढौ