
दीननाथ बराल,
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा चाकडी गर्ने परिपाटीले गर्दा खेलकुद क्षेत्र अघि बढ्न नसकेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहनु भएको मन्त्री श्रेष्ठले आइतबार पोेखरा रंगशालाको अवलोकन गर्दै खेलकुदमा चाकडी गर्ने सिस्टमले गर्दा खेलकुदको विकास हुन नसकेको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, “खेलकुदको विकास गर्न एक प्रशिक्षकले आफ्ना खेलाडीहरु उत्पादन गर्नु भन्दा पनि कुन नेताको कसरी नजिक हुँदा आफुलाई फाइदा हुन्छ, कसरी चाकडी गर्न सकिन्छ भन्ने सोच्नाले नेपाली खेलकुदको विकास हुन सकेन, अब चाकडी गर्ने प्रथाको अन्त्य गर्नुपर्छ । ” पोखराको बेगनास तालमा आइतबार देखि सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिताको उद्घाटन गर्न पोखरा आउनु भएको मन्त्री श्रेष्ठले पोखरा आएको सन्र्दभमा रंगशालाको अवलोकन गर्दै पोखरा रंगशालामा विभिन्न अन्तराष्ट्रिय स्तरका खेलहरु समेत भएको अबस्थामा बाँकी रहेका केही भौतिक पूर्वाधार निर्माणमा आफुले बिषेश पहल गर्ने वचन दिनु भयो । पोखरा रंगशालाको हाल मर्मत संहार गर्नुपर्ने अत्यावसेक खेल संरचनाको आवश्यक डकुमेन्ट समेत ल्याउन माग गर्दै मन्त्री श्रेष्ठले पोखरामा धेरै खेल संघको सक्रियतामा खेल मैदानहरु निर्मण भएकोमा प्रशंसा गर्दै यसमा राज्यले अब अपनत्व लिने जनाउनु भयो ।

मन्त्री श्रेष्ठ समक्ष पोखरा रंगशालामा हिटिङ सहितको सुइमिङ पुल आवश्यक भएको, फुटवल स्टेडिएममा फ्लट लाइट आवश्यक भएको, सुटिङ ट्रेनिङ सेन्टर आवश्यक भएको, क्रिकेट मैदानको थप मर्मत संहार सहित पेभिलेन्ट निर्माण, स्क्वास, गल्फ, भलिवल, मुआथाई लगायतका खेल मैदान तथा कोर्टहरुको बारेमा जनाकारी गराइएको थियो । राखेपका सदस्य राजेश कुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ लगायतले पोखरा रंगशालामा भएका खेल संरचनाको बारेमा जानकारी गराउनु भएको थियो ।

आफुहरु सरकारमा आएसंगै निजी क्षेत्र समेत निकै उत्साही रहेको दाबी गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा खेलकुदलाई दिगो हुने गरी अघि बढाउनु पर्नेमा जोड दिनु भयो । खेलकुद क्षेत्रमा फोहोरी राजधानीको अन्त्य गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले अव खेलकुदमा फोहोरी राजनितीको अन्त्य गर्न आवश्यक रहेको जनाउनु भयो।

जनैमा साँचो झुञ्डाए सरी खेलकुदलाई अब बन्धक बनाएर खेलाडी र खेलकुदको विकास अवरुद्ध पार्न नहुने उहाँको भनाई थियो । खेल क्षेत्रको विकास र खेलाडीहरुको हितका लागि राजनिती गर्न आव्हान गर्दै मन्त्री श्रेष्ठले खेलाडी र प्रशिक्षकहरुको मनोबल बढाउनेमा गरी सहकार्य गर्न आग्रह गर्नु भयो ।
https://www.youtube.com/watch?v=22yYn1pLjaY&t=301s









