
पोखरा, ८ कार्तिक,
पोखरामा चक्कु प्रहारबाट एक युवाको हत्या भएकोे छ । पोखरा महानगरपालिका–५, पस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको शनिबार बिहान चक्कु प्रहारबाट हत्या भएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय किशोर तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति पस्र्याङस्थित एक रेष्टुरेन्टमा सँगै बसेर रक्सी सेवन गर्ने क्रममा दुवै बीच विवाद भएको बताइन्छ । राति साढे २ बजेदेखि ३ बजेतिर वादविवाद बढ्दै गएपछि पराजुलीले तिमिल्सिनालाई दुई थप्पड हान्नु भएको त्यसपछि रिसले आवेशमा आउनु भएको तिमिल्सिनाले सोही होटलमा रहेको चक्कु लिएर होटलबाट करिब ५० मिटर टाढा पुगेर पराजुलीको बायाँ पिठ्युँ पछाडिपट्टि प्रहार गर्नु भएको स्थानियले बताउनु भयो ।
बिहान ३ बजेर ५ मिनेटमा अचेत अवस्थामा रहनु भएको पराजुलीको अस्पताल पु¥याइए पछि चिकित्सकले बिहान ३ः४० बजे मृत घोषणा गरेको थियो । घटनापछि तिमिल्सिनाले इनड्राइभ एपमार्फत मोटरसाइकल बोलाई लेकसाइड भागेर लुकेको अबस्थामा कास्की प्रहरीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।
हत्या गरिएको स्थान र हत्यामा प्रयोग गरिएको चक्कु दुवै प्रहरीले बरामद गरेको छ । मृतक पराजुली स्थानीय जग्गा कारोबारी हुन् भने पक्राउ परेका तिमिल्सिना पनि केही वर्षअघि सराङकोटबाट आएर पस्र्याङमा बसोबास गर्दै आउनु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रवक्ता बस्नेतका अनुसार पराजुली र तिमिल्सिनाबीचको यो दोस्रो भेट भएको हो पहिलो भेटमा पनि सामान्य विवाद भएको खुलेको छ ।





