समाज

छेन्दु–पोखरा चार्टर उडानका निर्देशक पोउवा संघमा, पोखरामा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास

पोखरा,१२ चैत, चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त गरेका छन् । उनले अहिले तय भएका चार्टर उडानले चालु अंग्रेजी वर्षको वर्षायाममा चिनियाँ पर्यटक पोखरा ल्याउन सजिलो हुने पनि बताएका छन् । चीनमा अंग्रेजी महिनाको जुन–जुलाइमा विद्यालय बन्द रहन्छन् । अभिभावकहरु त्यो बेला नानीबाबु लिएर भ्रमणमा निस्कन्छन् । छोटो दूरीमा जान रुचाउने चिनियाँहरुको त्यो बेलाको रोजाइ हङकङ वा थाइल्याण्ड हुने गरेको उनले बताए ।… पुरा पढौ

फोटो मार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड

पोखरा, १२ चैत, सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटो मार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए । फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा)तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ

‘वाडा अटो शो’को तयारी तिव्र, केभ टु केभ मोटर र्याली सम्पन्न

चैत्र १२, पोखरा, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तिव्र भएको छ । कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर र्यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिब विनय थापाले जानकारी दिए । अमरसिंहचोकबाट शुरु भएको मोटर र्याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण बर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकिय गन्तव्यहरुमा मोटर र्यालीको गरेको उनले बताए । र्यालीमा… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा, चैत १२, कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए… पुरा पढौ

नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा गर्याे सेल्स मिसन कार्यक्रम, चिन भ्रमणमा रहेकाे टाेली मंगलवार पाेखरा फर्किदै

दीननाथ बराल,चिन, छाेङसिङ, ११ चैत, नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा सेल्स मिसन (  बी टु बी ) कार्यक्रम गरेकाे छ । गण्डकी प्रदेश सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्न चाईनाकाे छाेङसिङमा पहिलाे पटक चिनियाँ पर्यटक पाेखरा सहित नेपालका पर्यटन व्यावसायि बिच सेल्स मिसन कार्यक्रम आयाेजना गरिएकाे नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयाे । चिनकाे छेन्दु र छोङसिङमा हालै आयाेजना भएकाे सेल्स मिसन कार्यक्रममा पाेखरा सहित समग्र नेपालका र चिनियाँ टुर तथा गाईड सहित पर्यटन व्यावसायिक… पुरा पढौ

पाेखरा सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्दै पाेखरेली टाेली चिनका विभिन्न शहरमा निम्तो दिदै

दीननाथ बराल,चिन, लुजाउ,१० चैत पर्यटनकाे राजधानी पोखरामा चिनियाँ पर्यटकलाई निम्तो दिदै पाेखराका पर्यटन व्यावसायि यति वेला चिनका विभिन्न शहरमा पुग्नु भएकाे छ । पाेखरामा पहिलाे पटक सिचुवान एअरलायन्सकाे विमानबाट चिनकाे छेन्दु बिमानस्थलमा पुग्नु भएकाे पाेखराका पर्यटक व्यावसायिकहरू चिनियाँ पर्यटकहरूलाई पाेखर सहित पाेखरा बोलाउन चिनका विभिन्न शहरमा पुगेर निम्तो बाड्दै प्रमाेशन मिसन टुर बी टु बी कार्यक्रम गर्दै हुनुहुन्छ । चैत ५ गते चिनकाे छेन्दु पुगेकाे पाेखरा पर्यटन व्यावसायिकाे टाेलीले आज साँझ छाेङसिङमा प्राेमाेशन मिसन टुर बी टु बी कार्यक्रम हुने… पुरा पढौ

भुजेल पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा नियुक्त

पोखरा अन्तराष्ट्रिय बिमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा हरिबहादुर भुजेल नियुक्त हुनु भएकाे छ । भुजेललाइर् अध्यागमन कार्यालय पोखरा अन्तराष्ट्रिय बिमनस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएर पछि त्यहाँ कार्यरत डोरेन्द्र निरौलालाई भने मन्त्रालयमा वाेलाएकाे छ । भुजेल यस अगाडी बागलुंगकाे जैमुिन नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृतकाे रूपमा काम गदै अाउनु भएकाे िथयाे भने एक हप्ता जसाे गृहमा तानेसंगै भूजेलकाे गृह नगरमा काम व्यबस्थापन हुने गरी उक्त िजम्मेवारी िदएकाे हाे । त्यसै गरी भुजे विभिन्न पालिकाका प्रमुख भएर काम गरेकाे अनुभव रहेकाे… पुरा पढौ

नेपाल र पोखराको पर्यटन प्रबद्र्धन गर्न चिनियाँ शहरमा पोखरेली, पोखरा देखि छेङ्दु नियमित उडान गर्न व्यवसायीको माग

चिन,छेन्दु ७, चैत, यति वेला पोखराका पर्यटन व्यवसायीहरु चिनिया शहरमा पर्यटक बोलाउन आएका छन् । पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु नेपाल र पोखराको प्रवद्र्धन गर्न गर्दै चिन भ्रमणमा रहेका छन् । पोखराका मेयर धनराज आचार्यको नेतृत्वको २६ सदस्य टोलीले चिनको ९ करोड जनसङख्या भएके प्रान्त सिचुवान प्रशान्तका विभिन्न शहरहरुमा प्रबद्र्धन गर्दै चिनिया पर्यटकलाई नेपाल र पोखरा आउन निमन्त्रणा समेत गरिएको छ । टोलीले छेङदुका टूर अपरेटरसँग छलफल गरेका छन् । उनीहरुले नेपालमा चीनया पर्यटक कसरी बढी ल्याउन सकिन्छ भनेर… पुरा पढौ

पोखरा महानगरका कर्मचारी गिरी पक्राउ

पोखरा ७, चैत पोखरा महानगरपालिका अधिकृत स्तरका कर्मचारी कपिल गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकम सहित बिहीबार नियन्त्रणमा लिएको जनाएको छ । उनको साथबाट २५ हजार रुपैयाँ बरामद गरिएको जनाइएको छ । गिरीले आफू निर्दोष रहेको जिकिर गरेका छन् । आफूलाई नियोजित ढंगबाट फसाउन खोजिएको उनले आरोप लगाए । पुरा पढौ