पोखराको गगनगौंडामा सम्पर्कमा आए सिन्धुलीका १६ जना, ज्यामी कामको खोजिमा पोखरामा १६ जनाको नाम सहित

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८२ मा प्रकाशित


पोखरा,

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका १६ सदस्य पोखरा ३० स्थित गगनगांैडामा सम्पर्कमा आएका छन् । स्थानिय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा हायू परिवारका १६ जना सदस्य छुट्टा छुट्टै दुईवटा घरमा बाँडिएर बसेको अबस्थामा उनीहरुलाई भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।

उनीहरू गत शनिबार नै पोखरा हल्लनचोकमा रहेको होटल जननीमा पुगेर बसेको बताइन्छ ।उनीहरु शनिबार आएका भोलि पल्ट आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएको होटलका सञ्चालक सुनिल भूर्तेलले बताए । उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । उनीहरुले ज्यामी कामको खोजिमा पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गगनगौडामा ज्याला काम गछौं भनेर दुइ घरमा बाडिएर बसेका थिए ।

उहाँहको घर जंगलले घेरिएको अनकान्टारमा जस्ताले छाएको अबस्थामा थियो । घर भत्केको र घरमा आगलागी भएको अबस्थामा रहेको स्थानियले बताएकाछन् ।

फेला परेका निम्न अनुसार नाम सहित तल उल्लेख गरिएको छ ।
१) बर्ष ५२ की उर्मिला हायु (आमा) (सोमनाथ पौडेलको घरमा)
२) बर्ष २७ की कमला हायु (छोरी) सोमनाथ पौडेलको घरमा
३) बर्ष २३ की कोमल माया हायु (बुहारी) सोमनाथ पौडेलको घरमा
४) बर्ष १९ की सुजता हायु (छोरी) (काठमाण्डौ रहेको भन्ने बुझिएको)
५) बर्ष १८ की अस्मिता हायु (छोरी) सोमनाथ पौडेलको घरमा
६) बर्ष १२ की सान्ता हायु (छोरी) सोमनाथ पौडेलको घरमा
७) बर्ष २४ को हिमाल हायु (छोरा) (सोमनाथ पौडेलको घरमा)
८) बर्ष १४ को बेग बहादुर हायु ( छोरा) (सोमनाथ पौडेलको घरमा)
९) बर्ष ११ को लक्की हायु (छोरा) (सोमनाथ पौडेलको घरमा)
१०) बर्ष १० की ओम कुमारी हायु (छोरी) (सोमनाथ पौडेलको घरमा)
११) बर्ष १ को अर्जुन हायु (नाती) (सोमनाथ पौडेलको घरमा)
१२) बर्ष ४ की रियासा हायु ( नातिनी ) (सोमनाथ पौडेलको घरमा)
१३) बर्ष १२ को पुर्ण हायु (सोमनाथ पौडेलको घरमा)
१४) बर्ष २२ की उषा हायु (छोरी) (चन्द्र भण्डारीको घरमा)
१५) बर्ष २९ को राजु हायु (छोरा) (चन्द्र भण्डारीको घरमा)
१६) बर्ष १६ को लाल बहादुर हायु ( छोरा) (चन्द्र भण्डारीको घरामा)
श्रोत जिल्ला प्रहरी कार्यालय कास्की ।

.