
पोखरा,
पोखरा २२, मा रहेको पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा साउन महिनाको दोश्रो सोमबार आज हर्स उल्लाहासका साथ महाआरती गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ रहनु भएको थियो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्र्रकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निर्मलराज बरालले गर्नु भएको थियो । हरेक सोमबार पुम्दीकोटमा बोलबमका भक्तहरुको उल्लेखनिय सहागिता हरेको समितिका व्यबस्थापक रुद्र पौडेलले बताउनु भयो ।






