
पोखरा, १३ साउन,
पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ का लागि लोकप्रिय ब्रान्ड ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । आउँदो असोज ४ गते आयोजना हुने प्रतियोगितामा आवश्यक पिउने पानी उपलब्ध गराउन पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रा.लि. (उत्पादक) र पोखरा क्लिक प्रा.लि. (आयोजक) बीच सम्झौता भएको हो ।
मंगलबार भएको सम्झौतामा ग्लेज वाटरका निर्देशक शरदचन्द्र बराल र पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले हस्ताक्षर गरे । कम्पनीका निर्देशक बरालका अनुसार ग्लेज वाटर पोखरा–१३ को प्राकृतिक मुहानको पानीबाट प्रशोधन गरिएको भएकाले यसको शुद्धता र गुणस्तरका कारण बजारमा माग उच्च रहेको छ । तीन वर्षअघि स्थापना भएको यो ब्रान्डले पोखरासँगै कास्कीका ग्रामीण क्षेत्र, तनहुँ, लमजुङ हुँदै हिमालपारिको जिल्ला मुस्ताङसम्म सेवा पु¥याउँदै आएको बरालले जानकारी गराए ।
अघिल्लो संस्करणदेखि नै आधिकारिक ड्रिङ्किङ वाटरको रूपमा साथ दिएकोमा आभार व्यक्त गर्दै संयोजक बरालले विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसका सन्दर्भमा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ग्लेज वाटरको सहयोगले यस दोस्रो संस्करणलाई अझ भव्य र सफल बनाउन सहयोग पुग्ने बताए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यम रहेको छ । प्रतियोगितामा मेडिकल पार्टनरका रूपमा रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । यस्तै प्रतियोगिताको अफिसियल टेलिभिजनतर्फ सिटीवान टेलिभिजन रहेको छ ।प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, परिचय एड्भर्टाइजिङ, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद ्लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहने पोखरा क्लिकले जनाएको छ ।







