
दीननाथ बराल,
पोखरा, १३, साउन,
पर्यटनको राजधानि पोखरामा करिब ३३ महिना पछि साहसिक खेल प्याराग्लाईडिङको सोलो (एकल) प्याराग्लाइडिङ उडान पुनः सुरु भएसंगै व्यवसायी निकै उत्साहित हुनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएसंगै हाल पोखरामा सोलो प्याराग्लाइडिङ उडान संचालन भएसंगै व्यवसायी उत्साहित भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई बताउनु भयो ।
पर्यटनको हाल अफ्सिजन र बर्षाद मौसम भएकोले गर्दा दैनिक जसो ५÷७ जना अनुभवी र डेण्डम पाइलटहरुले नै एकल उडान गर्न सुरु गर्नु भएको उहाँले जनाउनु भयो । विदेशी र नयाँ प्याराग्लाइडिङ पाइलटहरुको हकमा भने केही समय पश्चात अभिमुखिकरण कार्यक्रम सहित रेडियो र जिपिएसको समेत व्यबस्था गरेर मात्र सोलो उडानको लागि सहजीकरण गरेको उहाँले जनाउनु भयो । तत्काल सोलो प्याराग्लाइडिङ गर्न चाहेमा विदेशी र नयाँ प्याराग्लाइडिङ पाइलटहरुलाई समय व्यबस्थापन देखि रेडियो र जिपिएस जडानको बिषयमा हाल पोखरा अन्तराष्ट्रिय विमानस्थल स्थल नागरिक उड्डयन कार्यालयसंग समेत समन्वय गरी सम्बन्धित प्याराग्लाइडिङ कम्पनीको समन्वयमा मात्र उडान गर्न दिने भएको नाले जनाएको छ ।
विश्वकै उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये एक मानिने पोखरामा सोलो उडान बन्द हुँदा हरेक वर्ष करोडौंको राजस्व गुम्दै आएको अध्यक्ष केसीले दाबी गर्नुभयो । साथै, खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ असोज ३० गते देखि उक्त उडान बन्द भएसंगै नाले हरेक बर्ष आयोजना गर्दै आएको खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विगत ४ बर्ष देखि प्रभावित हुदै आएको छ । पोखरा भ्रमण बर्ष २०२५ मनाई रहदा पोखराको मुख्य पर्यटकको आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ प्रतियोगिता संचालनको लागि महानगर,गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले आवश्यक सहयोग गरेको खण्डमा यही अग्रेंजी बर्ष भित्रमा राष्ट्रिय एवं खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने आफुहरु योजनामा रहेको अध्यक्ष केसीले सुनाउनु भयो । खेल र पर्यटनसंगै पदकको राम्रो सम्भावना भएको यस खेललाई व्यवसायीक बनाउन पनि हरेक बर्ष प्याराग्लाइडिङ प्रतियोगिता हुनु आवश्यक भएको खेलाडीहरुले बताउदै आउनु भएको छ । यस बर्ष उक्त प्याराग्लाइडिङ प्रतियोगिता हुनेमा धेरै खेलाडीहरु आशाबादी भएको एक प्याराग्लाइडिङ पाइलट बिमल बस्यालले बताउनु भयो ।
क्यानको मनोरन्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलले हस्ताक्षर गरेको सोलो प्याराग्लाईडिङ अनुमतिको पत्रमा प्राधिकारीक संस्था ना र पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय पोखरालाई बोदार्थ सहित आवश्यक स्थलगत अनुगमन गर्न हुन अनुरोध समेत गरिएको छ । क्यानबाट सोलो प्याराग्लाईडिङ अनुमति प्राप्त भएसंगै सबै कम्पनी तथा पाइलटहरुलाई जानकारी गराएसंगै साउनको पहिलो हप्ताबाटै सोलो प्याराग्लाईडिङ संचालन सुरु गरेको अध्यक्ष केसीले बताउनु भयो । मान्द्रेढुंगाबाट पुनः तोरीपानीमा प्याराग्लाईडिङ उडानको अनुमतिले पछिल्लो समयमा करिब २० प्रतिशत प्याराग्लाईडिङ गर्ने पर्यटनको सङख्यामा बृद्धि भएको अध्यक्ष केसीले दाबी गर्नु भयो । पामेबाट पुन खपौदीमा ल्याण्डिङ गर्ने अनुमतिले पर्यटकहरु समेत फेवातालको आकासमा उड्न पाउदा निकै खुसि हुदै बुकिङ समेत उत्साहपूर्ण रहेको उहाँले जनाउनु भयो ।
हालसम्म करिब ४ सय पाइलटले लाइसेन्स प्राप्त गरेका छन् भने २४० जना प्रत्यक्ष रूपमा यो पेसामा आबद्ध छन अन्य विभिन्न पेशामा त केही विदेशीन बाध्य भएको नाले जनाएको छ । सोलो उडान बन्द हुनुको प्रमुख कारण नवौं राष्ट्रिय खेलकुदमा सहभागी नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा निधन हुनु थियो। उहाँ सराङकोटबाट उडे लगत्तै करिब १०० मिटरमाथिबाट खस्नुभएको थियो। गम्भीर घाइते अवस्थामा अस्पताल पु¥याइएका थापालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए । उक्त घटनापछि क्यानले अनिश्चितकालका लागि सोलो उडान बन्द गरेको थियो। यस अघि पोखरामा प्याराग्लाईडिङको प्रि वल्र्ड कप भएको थियो भने स्याङजाको स्वरेकमा वल्र्ड कप भएको थियो ।



