समाज

टाठाबाठाले जनता र सहकारी लुटेका छन्ःअन्नपूर्ण गा.पा.अध्यक्ष केसी

पोखरा, जेठ ३, कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले टाठाबाठाले जनता र सहकारी लुटेको आरोप लगाउनु भएको छ । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली सोझा साझा जनता माथि र जनताले जम्मा गरेको सहकारीको रकम केही टाठाबाठाले लुटेको आरोप लगाउनु भएको हो । नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको आरोप लगाउदै उहाँले जनता लुटिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “नेता र नेतृत्व स्वार्थमा… पुरा पढौ

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको बुकिङ खुल्ला, लन्च इभेण्टमा बुकिङ गर्ने ग्राहकलाई ५ प्रतिशत छुट

दीननाथ बराल,पोखरा ३, जेठ, पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेको छ । पर्यटनको राजधानि पोखरामा रहेको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित भिल्ला निर्माण गर्न लागेकोले अग्रिम बुकिङ खुल्ला गरेको प्रा.लि.का बजार व्यबस्थापक अनन्त ठकुरीले बताउनु भयो । उक्त लन्च बुकिङ इभेण्टको अवसरमा आयोजित कार्यक्रममा बुकिङ गर्ने ग्राहकहरुको लागि सस्थाले ५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । उक्त संस्थाले पहिलो चरणमा १० वटा भिल्ला… पुरा पढौ

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको… पुरा पढौ

कोटिहोममा भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ । आयोजकका अनुसार भोलि ९शनिवार० ३३ जिल्लाबाट भक्तजन आउने छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि ९शनिवार० मात्रै एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी गण्डकीको सातौँ साधारण सभा सम्पन्न

पोखरा, २ जेठ, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुल मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेमा रगत निशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् । २०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निःशुल्क उपलब्ध गराइदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए । नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गदै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसंगको समन्यमा रक्त तत्व निशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको बताए । मन्त्री थापाले रेडक्रसले मानवीय सेवामा गदै आएको कामको… पुरा पढौ

अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने, पालिका, प्रदेश, विदेशी धावकलाई बिषेश पुरस्कारको व्यबस्था

दीननाथ बराल,पोखरा २, जेठ, अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८२ यही जेठ २० गते हुने भएको छ । पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण… पुरा पढौ

वाईसिएललाई उत्पादनमा लाग्न ःनेता अधिकारीको आग्रह

पोखरा, जेठ २, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) ले योङ कम्युनिष्ट लिग (वाईसिएल) लाई देशमा उत्पादन हुने गरी आत्मनिर्भर बन्न सुझाव दिए । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले देशका अन्य युवा संगठनहरु भन्दा वाईसिएस फरक ढंगले प्रस्तुतः हुन आग्रह गरेका हुन् । उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने… पुरा पढौ

अल्फामा नमुना मतदान सम्पन्न

पोखरा – १६, जेठ, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनम विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा रहेका थिए भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा,… पुरा पढौ

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

पोखरा– गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व… पुरा पढौ

पोखराका ४ वटा वडाका विभिन्न घरमा सुन चोरी गर्ने ५ जना पक्राउ, सुन पसल संचालक सहित कालिगढ समेत संलग्न (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, जेठ, पोखराका ४ वटा वडाबाट सुन चाँदीका गरगहना चोरी गर्ने सुन पसलका संचालक सहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रका घरको ताला फोरी चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । उक्त घटनामा सुन पसलका संचालक देखि कालिगढसम्म संलग्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्याँमबाबु ओलीयाले बताउनु भयो । स्याङ्ग्जा पुलती… पुरा पढौ