समाज

जेन–जी आन्दोलनः पोखरामा जलेर ३ जनाको मृत्यु

पोखरा, २८ भदौ, जेन–जी आन्दोलन हिंसात्मक बन्दै जाँदा पोखरामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । आन्दोलनकै क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा गरिएको आगजनीमा गम्भीर रूपमा घाइते भएका तनहुँ भानु–१० का ४३ वर्षीय विजय लामाको शुक्रबार बिहान १२ः०० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–१६ बस्दै आएका लामा करिब ७० प्रतिशत शरीर जलेका उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पताल प्रशासनले उनको मृत्युको पुष्टि गरेको छ । यसअघि सोही… पुरा पढौ

दोस्रो पर्वतीय दौड असोज ११ गते, सिमित सिटका लागि पुनः अनलाईन फारम खुल्ला

पोखरा, २८ भदौ, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी… पुरा पढौ

पोखराका बिद्यालयहरु असोज १ गते देखि संचालन हुने

पोखरा २८, भदौं, जेनजी आन्दोलनको क्रममा देशको असहज परिस्थितीका कारण बन्द रहेका पोखराका बिद्यालयहरु आउँदो असोज १ गते देखि पुनः सुचारु हुने भएका छन् । पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले महानगरका सम्पूर्ण बिद्यालयहरु असोज १ गते देखि नियमित संचालन गर्ने भनि निर्णय भएकोले सोही अुनसार गर्नु गराउनु हुन सम्बन्धि सबैमा जानकारी गराइएको शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले पोखरा क्लिकलाई बताउनु भयो । केही समय देखि असामान्य परिस्थितिको कारण बिद्यालयहरु भदौं २४ गते देखि बन्द भएका थिए । पुरा पढौ

३ वर्षको नेतृत्वमा अनैतिक काम गरिन, पाएको सुविधा पनि समाजिक क्षेत्रमा काम गर्नु के गल्ती हो मेयर आचार्यको प्रश्न ?

पोखरा, पोखराका मेयर धनराज आचार्यले जेनजी पुस्ताको आन्दोलनको क्रममा महानगरका महत्वपूर्ण कागजात सहितको कार्यालयतमा आगजनी र तोडफोड हुनु निन्दनीय घटना भएको बताउनु भयो । तीन वर्षसम्म महानगरको नेतृत्व सम्हाल्दा आफूले कुनै पनि अनैतिक कार्य नगरेको भन्दै उहाँले केही स्वार्थी समूहहरूले आफ्ना गलत कामहरू नगरिदिएको कारण र निहित स्वार्थका आधारमा आफू र आफ्नो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने तथा मानसिक यातना दिने गतिविधि भइरहेको उल्लेख गर्नुभयो । आन्दोलनकारीले पोखरा महानगरपालिका कार्यालय, कार्यालयमा रहेका सवारीमा आगजनी गरे भने उहाँको नीजि निवासमा… पुरा पढौ

कास्कीमा कर्फ्यु र निषेधाज्ञा हट्दा जनजीवन सामान्यतर्फ, बजारमा चहलपहल सुरु

दीननाथ बराल,पोखरा, २८ भदौ, कास्कीमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा कर्फ्यु आदेश शुक्रबार बिहान ९ः०० बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि कास्कीमा निषेधाज्ञा र कफ्र्यू जारी गरिएको थियो। यस अवधिमा नेपाली सेनाले पोखराका ३३ वटै वडामा निगरानी बढाएको थियो। आन्दोलनकै क्रममा पोखराका धेरै सरकारी कार्यालय, केही निजी होटल, व्यक्तिगत घर लगायतका नीजि क्षेत्रको व्यवसायमा समेत तोडफोड… पुरा पढौ

पोखराको व्यवसायमा फैलिँदै गरेका थापा परिवारमा जेनजी आन्दोलनले पुर्‍यायो ठुलो आघात, एक निजी व्यक्तिको सम्पत्तिमा आगजनी हुँदा सयौँ जनाको चुलो कसले बाल्छ ?

पोखरा, पोखरामा व्यवसायी समुदायभित्र अहिलेसम्मकै सबै भन्दा ठूलो मानवीय तथा भौतिक क्षतिको घटनामध्ये एक घटना भदौ २३ र २४ गतेका दिन पोखरामा घट्यो। गण्डकी प्रदेशका मन्त्री तथा सफल व्यवसायी बिन्दुकुमार थापाको दशकौँको पसिना र संघर्षबाट बनेको सम्पूर्ण व्यवसायिक साम्राज्य नियोजित रुपमा गरिएको आगजनी र लुटपाटका कारण क्षणभरमै खरानीमा परिणत भयो। यो घटनाले न केवल थापा परिवार, तर उनीमाथि भर परेका सयौँ परिवारहरूको रोजगारी, भविष्य र मनोबललाई समेत गम्भीर चोट पुर्‍याएको छ। दशकौँको संघर्ष एक क्षणमै खरानी बिन्दुकुमार थापा सामान्य पारिवारिक… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपत लिनु भयो

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिनु भएको छ ।उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मञ्चमा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न देशका राजदुत तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेताहरु समेत मञ्चमा देखिनु भएन् ।दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रासपाका नेता, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका… पुरा पढौ

नेपालको इतिहासमै पहिलो महिला सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, २७ भदौ, नेपालको इतिहासम्मै पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को व्यवस्था कार्यान्वयन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । युवा (जेन–जी) आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीलाई राष्ट्रपति पौडेलले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नियुक्तिपत्र प्रदान गरेका हुन् । नयाँ संविधान जारी भएपछि अहिलेसम्म बनेका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन भएका थिए । तर, यसपटक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया संविधानको धारा–६१ अनुसार गरिएको छ । नेपालको संविधानको… पुरा पढौ

होटल क्षेत्रमा मात्र तीन अर्ब रुपैयाँ क्षति

पोखरा, २७ भदौ, हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र… पुरा पढौ

कास्कीका कैदीबन्दी आफ्नो सामान लिएर फर्किन थाले (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २७ भदौ, कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरू पुनः कारागार फर्किन थालेका छन्। मंगलबार बेलुका आन्दोलनकारीहरूले कारागार तोडफोड गरेपछि कारागार प्रशासनले चाबी खोल्न बाध्य भई करिब ७७३ जना कैदीबन्दी बाहिर निस्केका थिए। https://www.youtube.com/watch?v=yKcO6oetXjs जेलर राजेन्द्र शर्माका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० जना कैदीबन्दी स्वेच्छिक रूपमा फर्किइसकेका छन्। उनीहरूले करिब दुई सय जना अझै प्रत्यक्ष सम्पर्कमा रही क्रमशः फर्किने जानकारी समेत गराएका छन्। कारागार प्रशासनले अहिले भागेका सबैलाई कुनै दण्ड नदिई स्वेच्छिक रूपमा फर्किन आग्रह गरिरहेको छ।… पुरा पढौ

This will close in 20 seconds