नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपत लिनु भयो

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८२ मा प्रकाशित


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिनु भएको छ ।उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मञ्चमा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न देशका राजदुत तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेताहरु समेत मञ्चमा देखिनु भएन् ।दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रासपाका नेता, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु, जेनजी युवा समुह लगायतका व्यक्ति उपस्थित रहेको थियो ।

शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले शपथको व्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गर्नु भएको हो । तयारी कम भएकोले हाल मन्त्री मण्डल विस्तार गर्न नसकिएको बताइन्छ । सम्भवत भोलि शनिबार मन्त्री मण्डल बिस्तार हुने बताइन्छ ।