
पोखरा २८, भदौं,
जेनजी आन्दोलनको क्रममा देशको असहज परिस्थितीका कारण बन्द रहेका पोखराका बिद्यालयहरु आउँदो असोज १ गते देखि पुनः सुचारु हुने भएका छन् ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले महानगरका सम्पूर्ण बिद्यालयहरु असोज १ गते देखि नियमित संचालन गर्ने भनि निर्णय भएकोले सोही अुनसार गर्नु गराउनु हुन सम्बन्धि सबैमा जानकारी गराइएको शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले पोखरा क्लिकलाई बताउनु भयो । केही समय देखि असामान्य परिस्थितिको कारण बिद्यालयहरु भदौं २४ गते देखि बन्द भएका थिए ।




