समाज

फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

पोखरा, २७ चैत, होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको… पुरा पढौ

छेन्दु पोखरा अन्तराष्ट्रिय उडान गर्न केही समय व्यवसयाीहरुले लगानी गर्न मेयर आचार्यको सुझाव

दीननाथ बराल, पोखरा २६, चैत, पोखरा देखि चिनको छेन्दु सिधा हवाई उडानको हाल व्यवसायिक चार्टर्ड उडाई जारी रहेकोले यसलाई दिगो रुपमा संचालन गर्न धेरै नेपालीहरु रहेका देशहरुको ट्रान्जिट प्वाइट समेत छेन्दु अन्तराष्ट्रिय विमानस्थललाई बनाउन पोखरेलीहरुले माग गर्नु भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सहभागि पर्यटन व्यवसायीहरुले पोखरा देखि चिनको छेन्दुमा अन्तराष्ट्रिय ट्रान्जिट प्वाइट बनाउन सके दिगो रुपमा उक्त रुटमा पर्यटक ओहोर दोहोर हुने दाबी गर्नु भएको हो… पुरा पढौ

कुमुदिनी होम्समा प्रथम एसईई कप सुरु

दीननाथ बराल,पोखरा २६, चैत, पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (मंगलबार) देखि एसईईका बिद्यार्थी लक्षित प्रथम एसईई कप सुरु भएको छ । एसईई दियर बसेका बिद्यार्थीको खेलकुदमा आकषर्ण गर्न बिद्यालयले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो। प्रतियोगिता अन्र्तगत फुटसलमा ७१ वटा बिद्यालय, छात्रा तर्फको बास्केटवलमा ११ वटा बिद्यालय र छात्र तर्फको बास्केटवल प्रतियोगितामा भने ४३ वटा बिद्यालयहरुको सहभागिता रहेको बिद्यालयले पोखराक्लिकलाई जनाइएको छ । प्रतियोगितामा विभिन्न इभेण्टमा बिजेता टोलीले १५ हजार, उपविजेताले… पुरा पढौ

नवौं पोखरा स्पोट्र्स अवार्ड, उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुुरस्कार प्रायोजन टाइगर ग्रुुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, संघ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ । आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुु¥याउन स्पोट्र्स अवार्डले महत्वपूर्ण कदम… पुरा पढौ

पोखराको फिस्टेल एकेडेमीले प्राप्त गर्यो आई.बी.वर्ल्ड स्कुलका रुपमा मान्यता

पोखरा, पोखराको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक (International baccalaureate) संगठनबाट आई.बी.वर्ल्ड स्कुलका रुपमा अनुमति प्राप्त गरेको छ । पोखरा–१७ विरौटामा रहेको एकेडेमीले नेपालको राजधानी काठमाडौं भन्दा बाहिर पहिलो आई.बी.वर्ल्ड स्कुलका रुपमा बिद्यालयले आधिकारिक रुपमा त्यसको मान्यता प्राप्त गरेको हो । आधिकारिक आई.बी.वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस भएको बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनु भयो । यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको उहाँले जनाउनु भयो । समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य मान्यताको… पुरा पढौ

आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

पोखरा, २६ चैत, १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र सामाजिक संजालमा राख्ने पनि ।यहि चैत २४ गतेबाट सुरु १३ औं महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँगै तस्विर खिच्ने कार्य हुन पुगेको महशसु गर्न… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ संगै विविध कार्यक्रमको घोषणा

पोखरा, नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भए संगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तय गरेको छ । मञ्चले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा रजतवर्षमा आयोजना गरिने विविध कार्यक्रम संगै खेलकुदमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्ने गरी राष्ट्रिय खेलकुद पुरस्कार स्थापना गर्ने जनाएको हो । उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एम बी आस्थाले मञ्चको टोलीलाई नवौं पोखरा स्पोट्र्स अवार्डको सहयोगको लागि प्रश्तावना पत्र… पुरा पढौ

तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा ढोलाहिटीको बिजयी सुरुवात

पोखरा, तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाईड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित… पुरा पढौ

चिल्ली ग्रुपको लगानी २ अर्ब पुग्यो, टेम्पल बेल वुटिक होटलमै अर्ब बढी लगानी (भिडियो सहित)

दीननाथ बराल,पोखरा २५, चैत, आज भन्दा करिब २० बर्ष अघि करिब २० करोडबाट सुरु भएको चिल्ली ग्रुपको लगानी हाल २ अर्ब भन्दा बढी पुगेको छ । व्यवसायीक क्षेत्रमा नमुना भयर उदायका विश्वराज पौडेल र भिष्मराज पौडेलको संयुक्त लगानीमा हाल पोखराको पर्यटकीय आकर्षणको रुपमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ संचालनमा ल्याउनु भएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=aEK25oSKbQg पोखराका पर्यटन व्यवसायी एवं सामाजिक एवं खेलकुदकर्मी विश्वराज र भिष्मराजले करिब १ अर्ब २५ करोडको लागतमा उक्त टेम्पल बेल बुटिक… पुरा पढौ

पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याण्डमिन्टन प्रतियोगिता चैत २७ गते देखि हुने

दीननाथ बराल, पोखरा २५, चैत, पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा यही चैत २७ गते देखि हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा ३ वटा विधामा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक भूगोल गुरुङले बताउनु भयो । तष्विर शुर्दशन रञ्जिल मोहन भूगोल फाउण्डेसनको व्यबस्थापनमा पोखरामा यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा करिब… पुरा पढौ