
दीननाथ बराल,
पोखरा २६, चैत,
पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (मंगलबार) देखि एसईईका बिद्यार्थी लक्षित प्रथम एसईई कप सुरु भएको छ । एसईई दियर बसेका बिद्यार्थीको खेलकुदमा आकषर्ण गर्न बिद्यालयले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो।

प्रतियोगिता अन्र्तगत फुटसलमा ७१ वटा बिद्यालय, छात्रा तर्फको बास्केटवलमा ११ वटा बिद्यालय र छात्र तर्फको बास्केटवल प्रतियोगितामा भने ४३ वटा बिद्यालयहरुको सहभागिता रहेको बिद्यालयले पोखराक्लिकलाई जनाइएको छ । प्रतियोगितामा विभिन्न इभेण्टमा बिजेता टोलीले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्।
यही चैत २९ गतेसम्म संचालन हुने प्रतियोगिताको आज एक समारोहका बिच पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले कुमुदीनि होम्सले बिद्यार्थीहरुलाई बिदाको समयमा खेलकुद प्रति आकषर्ण गर्न उक्त कार्यक्रम आयोजना गर्नु प्रशंसनिय भएको बताउनु भयो । एसईई दिएका बिद्यार्थीहरुलाई लक्षित गर्दै अध्यक्ष पराजुलीले बिद्यार्थीले आफ्नो इच्छा र चाहाना अनुसारको कोर्ष अध्ययन गर्न आग्रह गर्नु भएको छ । कसैको कर र दबाबमा बिद्यार्थीलाई उहाँहरुको इच्छा विपरितका कोर्षमा पढाउदा त्यसको नतिजा राम्रो नहुने उहाँको तर्क थियो ।
आजको खेलमा छात्रा बास्केटबल तर्फ कुमदिनी होम्स मा. वि. र विन्देश्वरी आदर्श मा. वि. छात्र बास्केटबलतर्फ पाँच विद्यालय र फुटसलतर्फ १८ वटा विद्यालयहरू दोस्रो चरणमा प्रवेश गरेको बिद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले बताउनु भयो ।