
पोखरा,
पोखराको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक (International baccalaureate) संगठनबाट आई.बी.वर्ल्ड स्कुलका रुपमा अनुमति प्राप्त गरेको छ । पोखरा–१७ विरौटामा रहेको एकेडेमीले नेपालको राजधानी काठमाडौं भन्दा बाहिर पहिलो आई.बी.वर्ल्ड स्कुलका रुपमा बिद्यालयले आधिकारिक रुपमा त्यसको मान्यता प्राप्त गरेको हो ।
आधिकारिक आई.बी.वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस भएको बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनु भयो । यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको उहाँले जनाउनु भयो । समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य मान्यताको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर विश्वस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्थापक अध्यक्ष रानाभाटले बताउनु भयो ।
विश्वकै उत्कृष्ट मानिएको आई.बी. संस्थामा आवद्ध भएकाले फिस्टेल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले अब सानै उमेरदेखि नै खोजमा आधारित, विश्वव्यापी मान्यता प्राप्त सबल शिक्षा प्राप्त गर्न सक्ने विद्यालयका निर्देशक एलिस रानाभाटले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“यो उपलब्धि हाम्रो विद्यालयका लागि मात्र होइन, समग्र पोखरा उपत्यकाकै लागि गर्वको विषय हो ’। यसले पोखरालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन र नेपालमा शैक्षिक रूपान्तरणको नेतृत्व गर्न फिस्टेल एकेडेमीले पाउनु एक ऐतिहासिक र साहासिक उपलब्धि भएको हामीले महशुस गरेका छौं । ” आई.बी.पाठ्यक्रमले जिज्ञासा, सिर्जनात्मकता, आलोचनात्मक सोच र करुणालाई पक्षपोषण गर्ने निर्देशक रानाभाटले जनाउनु भयो । उनले विद्यार्थीहरूलाई सक्रिय रूपमा जीवनभर सिकिरहने र आफूलाई जिम्मेवार विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्न सक्ने बताउनु भयो ।
उपलब्धिसँगै फिस्टेल एकेडेमी आई।बी।वल्र्ड स्कुल विश्वका १६० भन्दा बढी देशमा रहेका पाँच हजार सात सयभन्दा बढी आई।बी। वल्र्ड स्कुलहरूको सशक्त सञ्जालमा समाहित भएको बिद्यालयले जनाएको छ । यसले पोखरा र समग्र गण्डकी प्रदेशकै विद्यार्थीहरूका लागि नयाँ सम्भावनाको ढोका खोलेको बिद्यालयको दाबी छ । बिद्यार्थीहरुलार्ई विश्वव्यापी प्रतिस्पर्धामा अग्रगामी फड्को मार्न र विश्व समुदायमा घुलमिल हुन सक्षम बनाउने उहाँले जनाउनु भयो ।