चिल्ली ग्रुपको लगानी २ अर्ब पुग्यो, टेम्पल बेल वुटिक होटलमै अर्ब बढी लगानी (भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २५, चैत,

आज भन्दा करिब २० बर्ष अघि करिब २० करोडबाट सुरु भएको चिल्ली ग्रुपको लगानी हाल २ अर्ब भन्दा बढी पुगेको छ । व्यवसायीक क्षेत्रमा नमुना भयर उदायका विश्वराज पौडेल र भिष्मराज पौडेलको संयुक्त लगानीमा हाल पोखराको पर्यटकीय आकर्षणको रुपमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ संचालनमा ल्याउनु भएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि ।

पोखराका पर्यटन व्यवसायी एवं सामाजिक एवं खेलकुदकर्मी विश्वराज र भिष्मराजले करिब १ अर्ब २५ करोडको लागतमा उक्त टेम्पल बेल बुटिक होटल हालै सञ्चालनमा ल्याएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

विगत साँढे ३ बर्षमा निर्माण भएको उक्त होटल हाल अनौपचारिक रुपमा (सफ्टओपनिङ) गरिएको हो । साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल सम्पन्न गर्न करिब ५५ करोड रुपैयाँ लगानी भएको ग्रुपले जनाएको छ । चिल्ली ग्र्रुप अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालन हुदै आएको छ। गु्रपले अहिले १ सय ४० जनालाई रोजगारी दिएको भने ग्रुप अन्तगर जग्गा सहित करिब २ अर्व लागनी पुगेको बताइन्छ ।

दुई दशक अघि स्थापना भएको चिल्ली गु्रप अन्तर्गत पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा उक्त नयाँ मोडलको होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा ५५ रुमहरु मध्य ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहेको चिल्ली ग्रुपका संस्थापक अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो ।

होटलमा अगाडि र पछाडि गरी दुई वटा इन्टरकनेक्टेड ब्लकहरू रहेका छन भने होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजी सहितको स्वीमिङ पूल, ’बुद्ध सदन’ नामक सम्मेलन हल, महिला–पुरुषका लागि स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, रेस्टुरेन्ट, आपतकालीन द्वार, बेसमेन्ट पार्किङ र दुर्इ वटा आधुनिक लिफ्टको सुविधा उपलब्ध रहेको होटलका म्यानेजिङ डाईरेक्टर भिष्मराज पौडेलले बताउनु भयो । होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको ग्रुपका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले बताउनु भयो ।

उक्त ग्रुपकी संरक्षक ज्ञानुदेवि पौडेल(आमा) ले दुई छोराहरु मिलेर पर्यटन क्षेत्रमा गरेको लगानीले पोखरा र नेपालको पर्यटन प्रबद्र्धन हुने उनले विश्वास व्यक्त गर्नुभयो । सधै आफ्ना छोराहरु यस्तै हाँसी खुसि भएको देख्न इच्छा भएको जनाउनु भयो । पोखरामा उक्त होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने होटलकी आसा गुरुङले बताउनु भयो ।