
दीननाथ बराल,
पोखरा २५, चैत,
पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा यही चैत २७ गते देखि हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा ३ वटा विधामा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक भूगोल गुरुङले बताउनु भयो ।

तष्विर शुर्दशन रञ्जिल
मोहन भूगोल फाउण्डेसनको व्यबस्थापनमा पोखरामा यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा करिब १ सय ५० जना खेलाडीहरु सहभागि हुने आफुहरुले अपेक्षा गरेको व्याडमिन्टन खेलको तल्लोतह (ग्रासरुट) बाटै विकास गराउदै पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने अभियानमा थप टेवा पुग्ने विश्वासका साथ यस बर्षदेखि आफुहरुले कास्की जिल्ला तथा प्रदेश स्तरिय प्रतियोगिता गर्ने भएको उहाँले जनाउनु भयो । खेलाडीहरुको प्रतिभा प्रष्फुटनको अन्तिम बिन्दु ओलम्पिकसम्म पुर्याउने महत्वकाक्षी योजनाका साथ आफुहरुले व्याडमिन्टन खेलको बृद्धि बिकासको लागि नेपालमै अत्याधुनिक सुविधा सम्पन्न प्रथम स्पोट्र्स कम्प्लेक्स संचालन गरेकोको संयोजक गुरुङको दाबी छ ।
१६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१६) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुने दुई जनालाई जनही ५÷५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१९) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने दुई जनालाई जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यस्तै बी लेवलको गण्डकी खुल्ला डवल तर्फको इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । यू—१६ को जिल्ला स्तरिय हुने छ भने अन्य दुई इभेण्ट गण्डकी प्रदेश स्तरिय हुने फाउण्डेसनका सचिव बरदान लामाले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । फिट नेपालले विगत ४ बर्ष देखि खेलाडी उत्पादनमा जोड दिदै आउने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी निभा राई, दिलाषा राना लगायतका खेलाडी उत्पादन गर्न सफल भएको दाबी गरेको छ ।
बौद्ध अघौं सदनका परिकल्पनाकार, संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका पूर्व अध्यक्ष, धम्भ पोखरा विपासना शिविरका संस्थापक अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक, हिमालयन पेट्रोलपम्पका संस्थापक सचिव, शान्ति संगम आयल स्टोर्स मुग्लिङका संचालक, गण्डकी धौलागिरी क्षेत्र मा २०२९ सालमा पहिलो पेट्रोलपम्प (हिमालय पेट्रोलियम क.प्रा.लि.) स्थापन गर्नु भएसंगै विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको पोखरा क्षेत्रका एक समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । पोखरा बुद्धचोक निबासि ९१ बर्षीय गुरुङको काठमाण्डांैंमा उपचारकै क्रममा गत बर्ष (२०८०) चैत २७ गते निधन भएको थियो ।
स्व.बिल बहादुरका छोरा सुनिल गुरुङले बाबुले समाजमा केही गर्नुपर्छ भन्दै धेरै सामाजिक संघ संस्थामा पुर्याएको योगदानलाई आफुहरुले निरन्तरता दिन खोजेको बताउनु भयो । नेपालकै पहिलो (तेक्वान्दोमा) ९ डान प्राप्त गर्नु भएको तुल्सी गुरुङले खेलाडी उत्पादन गर्न कम्तिमा १० देखि १५ बर्षको बृहत कार्ययोजना अनुसार अघि बढे मात्र ओलम्पिकसम्मको यात्रा तय गर्न सकिने दाबी गर्नु भयो । फिट नेपालले प्रतिभावान खेलाडीहरुलाई छात्राबृत्ति स्वरुप प्रोत्साहन हुने कार्यक्रम समेत ल्याउने जनाउनु भयो । कार्यक्रमको संचालन भने शोभा केसीले गर्नु भएको थियो ।







