नवौं पोखरा स्पोट्र्स अवार्ड, उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

-


     पोखरा क्लिक     
     चैत्र २६ गते २०८१ मा प्रकाशित


नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुुरस्कार प्रायोजन टाइगर ग्रुुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान दिने खेलाडी, प्रशिक्षक, संघ संस्था, पत्रकार, खेलकर्मीलाई वर्षेनी सम्मान गर्दै आइरहेको छ ।

आगामी बैशाखमा हुने अवार्डको तयारीमा जुटेको मञ्चलाई टाइगर ग्रुपले वर्ष उत्कृष्ट प्रशिक्षक विधा प्रयोजन गर्ने सम्झौता भएको हो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले गण्डकी प्रदेशको खेलकुदलाई उचाइमा पुु¥याउन स्पोट्र्स अवार्डले महत्वपूर्ण कदम चालेको सुनाए । उनले खेलाडीलाई खेल खेलेपछि पाउने भनेकै सम्मान रहेको र यस्ता किसिमका अवार्डहरुले थप उर्जा मिल्नेमा आशावादी रहेको सुनाए ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डलाई सम्पन्न गर्न टाइगर ग्रुपको साथ अमुल्य रहेको सुनाए । टाइगर ग्रुुपले गर्दै आइरहेको टाइगर कपले अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त गरेको र यसले भलिबललाई उकास्न थप मद्धत गरेको सुनाउँदैै गण्डकी प्रदेश भित्र रहेका प्रतिभावान खेलाडीसंगै प्रशिक्षक, खेल संघ वा क्लब, खेलकर्मी तथा पत्रकारलाई समेत हौसला प्रदान गर्नका लागि अवार्ड प्रदान गर्दै आइरहेको सुनाए । आफुुहरु अर्वाडको तयारीमा जुटिरहेको आगामी दिनमा समेत दुुइ संस्थाबिचमा भाइचारको सम्बन्ध प्रगाढ रहने सुुनाए । अवार्डका लागि सहारा क्लब पोखराले उदीयमान खेलाडी विधा यस अघि नै प्रायोजन गरिसकेको छ भने गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विशेष सहयोग गरेको छ ।



This will close in 20 seconds