समाज

पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक

पोखरा, २९ फागुन, पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको (होलिल्याण्ड) कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । कार्यक्रममा उल्लेखनिय दर्शकको सहभागिता रहेको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले बताए । डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति कार्यक्रमको आकर्षण थियो । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक ९विवेक गुरुङ० थिए । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को नाम दुरुपयोग नगर्न चेतावनी दिइएको छ । यही चैत्र ५ गते संचालन हुने स्ववियु निर्वाचन जित्ने दाउ मा जनप्रिय बहुमुखी क्याम्पस मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले अखिल क्रान्तिकारी को नाम दुरुपयोग गरिरहेको अखिल कान्तिकारीको आरोप छ ।निर्वाचन आयोगले गरेको आचार संहिता बिपरित कार्यको बिरुद्द अखिल क्रान्तिकारी रिट दायर को लागी कानुनि निति सहित अदालत जाने तयारी थालेको अखिल (क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य एबम अखिल (क्रान्तिकारी ) जनप्रिय बहुमुखि… पुरा पढौ

जिफान अध्यक्ष खाद्यन्न र नगद हस्तान्तरणः

सहारा क्लब हङकङका संस्थापक कार्य समिति सदस्य तथा जिफान हङकङ का अध्यक्ष नायिका माया गुरुङबाट सूर्य बहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा रहेका बालकहरुको लागि एकेडेमीमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नु भयो । सोही अवसरमा सहारा क्लब हङकङका वर्तमान कार्य समिति सदस्य पूर्णबहादुर गुरुङबाट एकेडेमी व्यवस्थापनको लागि नगद रु दश हजार सहयोग सहारा एकेडेमी व्यवस्थापन समितिका संयोजक एवम वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो । आज फागु पूर्णिमा पनि रहेकोले माया गुरुङबाट बालकहरुलाई रंगको टिका लगाई होलीको शुभकामना समेत दिनु… पुरा पढौ

‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन भोलि स्याङ्जाको वालिङमा हुँदै, डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा गुञ्जिने

सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला)भोलि स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लव वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत… पुरा पढौ

नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

पोखरा २९ फागुन, दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेल मार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेपछि यो फाइनल भिडन्त पक्का भएको हो । गन्नीले डिफेन्डिङ च्याम्पियन एल सी ब्रदर्श युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्‍यो । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलको २९ औँ मिनेटमा गन्नी फुटबल क्लबका विदेशी खेलाडी रिचार्ड अफेथाले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । उनी म्यान अफ दि म्याच… पुरा पढौ

एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा, २९ फागुन, पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ । हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र… पुरा पढौ

विदेशी पर्यटकसंगै मनाए पोखरेलीले होली पर्व (भिडियो सहित)

दीननाथ बराल,पोखरा २९, फागुन, विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व मनाउनु भएको छ । पर्यटनको राजधानि पोखरामा विदेशी पर्यटकसंगै रमाउदै होली पर्व हर्स उल्लाहासका साथ मनाइएको रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको अध्यक्ष पौडेलले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=7bXulABCSYM पोखराको… पुरा पढौ

फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा, २९ फागुन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा ९होली० मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान रहेको उल्लेख गर्नुभएको छ । ‘होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक, धार्मिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको छ ।’ शुभकामना सन्देशमा उल्लेख छ– ‘यो पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसमा तालावन्दी

पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तालावन्दी भएको छ । चैत ५ गते हुने स्ववियू निर्वाचनको सन्र्दभमा केही बिषयमा असहमती जनादै संयुक्त बिद्यार्थी संगठनलहरुले क्याम्पसमा तालवन्दी गरेको आन्दोलनरत एक बिद्यार्थी सुदिप बरालले बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका विपरीतका गतिविधि गरेकोले त्यसको बिरोधमा ३ वटा बिद्यार्थी संगठनहरुले संयुक्त रुपमा बिरोध जनाएका हुन् । निर्धारीत समय विपरित उम्मेदवार दर्ता, निर्वाचन आयोगले कुनै निर्णय लिन नसकी आफु अनुकुलका राजनितिक दलसँग आस्था राख्ने विद्यार्थी सङ्गनसँग परामर्श गर्नु, नियत बस संयुक्त प्यानल दर्तामा अवरोद,… पुरा पढौ

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

पोखरा, २८ फागुन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर)… पुरा पढौ