समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चैत ५ गते देखि चिनको सिचुवान एअरलाईन्सले छेन्दुक शहर देखि पोखरासम्म चाटर्ड फ्लाइट गर्ने

दीननाथ बराल, पोखरा २८, फागुन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो चैत ५ गते (मार्च १८ तारिख) देखि चिनको सिचुवान एअरलाईन्सले छेन्दुक शहर देखि पोखरा सम्म चाटर्ड फ्लाइट गर्ने भएको छ । पोखरामा निर्माण भएको उक्त विमानस्थल दुई बर्ष भन्दा बढी समय हुँदा पनि अन्तराष्ट्रिय रुपमा उडान हुन नसके पछि व्यावसायीक उडान गराउने उद्धेश्यले चैत ५ गते देखि चाटर्ड फ्लाईटको रुपमा ३ महिनासम्म संचालन हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा पर्यटन परिषदको नेतृत्वमा नेपाल स्थित… पुरा पढौ

पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा

पोखरा, २८ फागुन पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट उद्याटन भएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा ल्याएको छ । सोही नयाँ आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार एक कार्यक्रमकाबिच उद्याटन गरे । कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुदैँन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन… पुरा पढौ

मादीको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको भनाई

पोखरा २८, फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले मादीको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । कास्कीको मादी गाउँपालिकाको ९ औं स्थापना दिवसको समारोहमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डे उक्त कुरा बताउनु भएको हो । मादी गाउँपालिका आफैमा पर्यटकीय र सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पालिकाको समृद्धि र विकासको लागि आवश्यक विकास योजनामा सहयोग गर्ने वचन दिनुभएको हो । मादी गाउँपालिकाले पालिका स्थापनाको ९ औं बर्ष गाँठको अवसरमा दोस्रो अध्यक्ष कप खुला भलिबल… पुरा पढौ

रुपा गाउँपालिकाले स्थापना दिवस मनायो

पोखरा २८, फागुन, कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरूलाई रुपा रत्न २०८१ बाट सम्मान गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनु भयो । उहाँका अनुसार साहित्य, कला, खेलकुद , पत्रकारिता, सामाजिक क्षेत्र लगायतको विधाबाट रुपा गाँउपालिकालाई राष्ट्रिय तथा अन्तराष्टि क्षेत्रमा चिनाउन महत्वपूर्ण भुमिका खेल्नुहुने व्यक्तिहरुलाई सम्मान गरिएको हो । म्मानितहरुमा डा. कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, डा. दिनेश न्यौपाने, सूर्य प्रसाद तिमिल्सिना, प्रहरी उपरीक्षक नरहरि रेग्मी,… पुरा पढौ

पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग अन्तरक्रिया

पोखरा, २७ फागुन, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथप्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता समेत गरे । ‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले भने, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य… पुरा पढौ

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश नि:शुल्क

पोखरा, २७ फागुन, पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ुहोलिल्याण्डु हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार ुहोलिल्याण्डु कार्यक्रम हुने भएको हो । होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक… पुरा पढौ

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा, २७ फागुन, पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०, याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन।जे।एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशका ३ हजार ३७६ जना खेलाडी दर्ता, दर्ता छुट भए सम्पर्क गर्न आग्रह

पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरू गरेको छ । परिषदले मंगलबार प्रदेश खेलकुद संघहरुका बीच एक छलफल कार्यक्रम गरी तयारी सुरू गरेको हो । आगामी वर्ष २०८२ को जेठ ३ देखि १० गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि दर्ता छुट भएका खेलाडीहरुलाई चैत्र ५ गते सम्म दर्ताका लागि खुल्ला गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । परिषदले पालिकातहबाटै खेलाडी छनौटका लागि तयारी सुरू गरिएको बताउँदै… पुरा पढौ

कास्कीको सैमारंग(मकैखोला) मा केन्द्र बिन्दु भएर गयाे भूकम्प, पाेखरा आसपास भूकम्पको धक्का महशुस

दीननाथ बराल,पाेखरा, २७, फागुन, कास्कीको सैमारंग(मकैखोला) लाई केन्द्र बिन्दु बनायर आज बिहान भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पोखरा क्लिकलाई दिएकाे जानकारी अनुसार आज बिहान ४:११ मिनेट जाँदा कास्कीको सैमारंग(मकैखोला) मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका अनुसार ४.३ म्याग्नि च्यूटको भूकम्प गएको हाे । भूकम्पको धक्का पोखरा र कास्की वरपरका जिल्लाहरू समेत हल्का महसुस भएको स्थानीयले बताउनु भएको छ। याे समाचार तयार पार्दासम्म बिहान ४:३० बजे भूकम्पकाे कुनै क्षेतिकाे विवरण नआएकाे प्रहरीले जनाएकाे छ । https://app.datawrapper.de/edit/iCRXA/publish पुरा पढौ

सराङकोट धाममा महाआरतीको रौनक सुरु, हरेक सोमबार अन्नपूर्ण केवलकारबाट भक्तजनलाई २ सय ५० मै यात्राको अवसर

पोखरा १८ स्थित पोखराको सराङकोट धाममा आज (सोमबार) देखि महाआरती पूजा प्रारम्भ भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र बिकास समितीले निमार्ण गरेको सराङकोट धाममा आगामी दिन देखि हरेक सोमबार महाआरती पूजा विधि पूर्वक पूजा हुने भएको जस अन्र्तगत सोमबार देखि सुरु भएको समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो । हरेक सोमबार महाआरती हुने गरी महायज्ञ पछि पहिलो सोमबार बाट महाआरती सुरु भएको उहाँले बताउनु भयो । हरेक हप्ताको सोमबार साँझ ५.३० बजे देखि ३० मिनेटसम्म आरती… पुरा पढौ