
पोखरा २८, फागुन,
कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरूलाई रुपा रत्न २०८१ बाट सम्मान गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनु भयो ।

उहाँका अनुसार साहित्य, कला, खेलकुद , पत्रकारिता, सामाजिक क्षेत्र लगायतको विधाबाट रुपा गाँउपालिकालाई राष्ट्रिय तथा अन्तराष्टि क्षेत्रमा चिनाउन महत्वपूर्ण भुमिका खेल्नुहुने व्यक्तिहरुलाई सम्मान गरिएको हो । म्मानितहरुमा डा. कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, डा. दिनेश न्यौपाने, सूर्य प्रसाद तिमिल्सिना, प्रहरी उपरीक्षक नरहरि रेग्मी, डा. अनिल रेग्मी, अमृत रेग्मी, कालिदाश न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी लगायतका रहनु भएको छ ।
उहाँहरुलाई गण्डकी प्रदेशकां पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाँउपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गरूङ लगायतले सम्मानपत्र, दोसल्ला, माला र अविर लगाएर सम्मान गर्नु भएको हो । उद्घाटन दिवसको अबसरमा रूपा गाउँपालिका विभिन्न टोल विकास समिति, आमा समूह एवं विभिन्न समूहले झाँकी प्रर्दशन गर्नु भएको थियो । दिवसको अबसरमा पूर्वजनप्रतिनिधि, बभिन्न उत्कृष्ट कृषि समूह एवं कृषक, जैविक विविधतामा उत्कृष्ट कार्य गर्ने समूह, रूपा गाउँपालिकाबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने बिद्यार्थी, उत्तकृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी एवं लामो समय सेवा गर्ने शिक्षकलाई दीर्घ सेवा पुरस्कार सम्मान, १०१ वर्षीय जेष्ठ नगरिक जमदार सिद्धिमान श्रेष्ठलाई जेष्ठ नगरिक सम्मा लगायतलाई समेत उक्त अबसरमा सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी बरालले बताउनु भयो ।
पालिकाले एक घर एक धारा तथा मौरी पकेट क्षेत्र, कृषि प्रबद्र्धन सहित कालोपत्रे सडक निर्माणमा बिषेश जोड दिएको पालिकाले पोखराक्लिकलाई जनाएको छ ।