
दीननाथ बराल,
पाेखरा, २७, फागुन,
कास्कीको सैमारंग(मकैखोला) लाई केन्द्र बिन्दु बनायर आज बिहान भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पोखरा क्लिकलाई दिएकाे जानकारी अनुसार आज बिहान ४:११ मिनेट जाँदा कास्कीको सैमारंग(मकैखोला) मा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार ४.३ म्याग्नि च्यूटको भूकम्प गएको हाे । भूकम्पको धक्का पोखरा र कास्की वरपरका जिल्लाहरू समेत हल्का महसुस भएको स्थानीयले बताउनु भएको छ। याे समाचार तयार पार्दासम्म बिहान ४:३० बजे भूकम्पकाे कुनै क्षेतिकाे विवरण नआएकाे प्रहरीले जनाएकाे छ ।






