
पोखरा १८ स्थित पोखराको सराङकोट धाममा आज (सोमबार) देखि महाआरती पूजा प्रारम्भ भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र बिकास समितीले निमार्ण गरेको सराङकोट धाममा आगामी दिन देखि हरेक सोमबार महाआरती पूजा विधि पूर्वक पूजा हुने भएको जस अन्र्तगत सोमबार देखि सुरु भएको समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो ।

हरेक सोमबार महाआरती हुने गरी महायज्ञ पछि पहिलो सोमबार बाट महाआरती सुरु भएको उहाँले बताउनु भयो । हरेक हप्ताको सोमबार साँझ ५.३० बजे देखि ३० मिनेटसम्म आरती पुजा हुने बरिष्ठ उपाध्यक्ष थापाले बताउनु भयो । सराङकोट धाममा धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रमलाई समेटिएको उहाँले पोखराक्लिकलाई बताउनु भयो ।

यसैबिच, महाआरती पूजालाई सफल पार्न अन्नपूर्ण केबुलकार प्रा.लि.ले बिषेश सहुलियतमा महाआरतीमा जाने भक्तजन तथा पर्यटकहरुको लागि बिषेश छुटमा केवलकारको प्याकेज ल्याएको छ । महाआरतीमा आउने भक्तजनहरुको लागि २ सय ५० रुपैया मै केवलकारको सुविधा हुने अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो ।

समितिले सुरु गरेको सोमबारे महाआरतीलाई भव्य रुपमा सफल पार्न आफुहरुले सोमबार दिउँसो ४ः३० बजे देखि साँझ ६ः३० बजेसम्म यात्रा गर्ने भक्तजनहरुलाई उक्त बिषेश छुट उपलब्ध गराउने उहाँले बताउनु भयो । अन्य व्यक्तिहरुको लागि भने केवलकारको शुल्क ७ सय रुपैया रहेको छ । पोखराको लेकसाइडबाट कम्पनीले निःशुल्क सटल बस सेवा संचालन गर्दै आएको पौडेलले जनाउनु भयो ।
सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन सहित धार्मिक एवं पर्यटकीय गन्तव्यहरु निर्माण गर्ने उद्धेश्यले हालै आयोजना भएको महायज्ञबाट ३ करोड रुपैया आर्थिक संकलन भएको समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताउनु भयो । सराङकोटमा निर्माण भएका करिब ३५ करोडका संरचनाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन समेत गर्नु भएको थियो ।