पुष्पलालले देखेका सपना पुरा गर्नुपर्नेमा जोड

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा आज पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोकोमा जोड थियो । नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै समाजको गुणात्मक परिवर्तनका लागि आप्mनो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गर्नु हुने उहाँ पारिवारिक सहादलको इतिहासमा नेपाली लेनिन भएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी संगठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान नेता पुष्पलालले देख्नु भएका सपना पुरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो । उहाँले भन्नुभयो, मुलुकको अवस्थामा परिवर्तन भइसकेको छ र अवको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा बैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरुलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलाल प्रति सच्चा श्रद्धाञ्जी हुने छ ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले वाहेक अरुले गर्न नसक्ने वताउनुभयो । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् संगठित भएर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।