रोटरी लेकसाइडको अध्यक्षमा राजेन्द्र लिगल

-


     पोखरा क्लिक     
     श्रावण ५ गते २०८२ मा प्रकाशित


पोखरा, ५ साउन,

रोटरी क्लब अफ पोखरा लेकसाइडको दशौ पदस्थापना समारोह हालै सम्पन्न भएको छ । पोखरामा भएको समारोहमा क्लबका वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीले वर्ष २०२५÷२६ का अध्यक्ष राजेन्द्र लिगललाई पद हस्तान्तरण गरे ।

त्यसै गरी प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२, नेपाल–भुटानका वर्ष २०२५÷२६का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले समारोह उद्घाटन गर्दै रोटरी अभियानमा रोटरीयन र रोट्रयाक्टको उपस्थिति बलियो रहेको जानकारी दिए । रोटरी क्लव लेकसाइडका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले रोटरियन भैसकेपछि नराम्रो कुरा छाडेर राम्रो अँगाल्न सकियो भनेमात्र रोटरियन भएको सार्थकता हुने बताए । सो अवसरमा वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीले आफ्नो कार्यकालमा सघाउनेलाई अवार्ड वितरण गरेका थिए ।

वर्ष २०२५÷२६ का अध्यक्ष राजेन्द्र लिगलले आफ्नो कार्यसमितिको परिचय गराउँदै कार्यकालमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यसमितिमा आइपीपी उपेन्द्र अधिकारी, प्रेसिडेन्ट इलेक्ट टोपवहादुर थापा, उपाध्यक्ष सुवास मल्ल, सचिव लोकवहादुर गुरुङ, कोषाध्यक्ष सन्तोष पन्त, सहसचिव राजकुमार अर्याल, निर्देशकहरुमा क्रमश कुलप्रसाद सुवेदी, विश्वदर्शन पराजुली, अर्जुन खनाल, कृष्णबहादुर थापा, आमोद कोइराला, सर्जेन्ट एट आर्म शोभाकान्त सिग्देल, क्लब मेन्टर जयराम पौडेल, क्लब टे«नर डा. वीर वहादुर कार्की, एडिटर राजन कुमाल र फेलोसीप चेयर शिवलाल रोक्का रहेका छन् । उक्त अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरियो । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले शुभकामना दिएको कार्यक्रममा क्लबका इलेक्ट अध्यक्ष तथा कार्यक्रम संयोजक टोप वहादुर थापाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव लोकवहादुर गुरुङले गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथिको परिचय क्लवका पूर्व अध्यक्ष जयराम पोडेलले र अध्यक्ष लिगको परिचय क्लवका कोषाध्यक्ष सन्तोष पन्तले दिएका थिए भने धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष अर्जुन खनालले गरे । क्लवका मेम्वरसिप चियर आमोद कोइरालाले नयाँ सदस्य दिपेन्द्र आचार्य, कुलवहादुर सुवेदी, आयुषा श्रेष्ठ र सुजता शाक्य बर्जाचार्यको परिचय गराए ।