अध्यक्ष थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८२ मा प्रकाशित


पोखरा,

पाँचमहिनादेखी युनाईटेड अरब इमिरेट्स (यूएई) माअलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएकाहुन ।

रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । शुरुमा एघार सय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाए पछिछाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भने जति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए । कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखी उनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयन पटक घर आउन खोजे रानाभाटले भनेर्— तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।”अलपत्र परेको अवस्थामाआफ्नै वडाको अध्यक्ष फेलापार्दा अविभावकनै भेट्टाएको अनुभवभएको थियो, रानाभाटले भने ।

कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिनकाट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताए उनले भने—गर्मिबाट बच्नदिन भरी सार्वजनिक यातायातमा हिड्थे । खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाए पछि युएईको एक कार्यक्रममा पुगेका वडा नं. २६ का अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन । छोरालाई उद्धार गरेर ल्याईदिए पछि रानाभाटकी आमाशान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्षपाएको उल्लेख गरे । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्रपरेको भिडियो गाउँले देखाई दिएको बताईन । छोरा फर्कियो, अवयही सहारा हो, शान्तिले भनिन् ।

घर फर्किएका अमृतले पनिअवगाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने उल्लेख गरे । अध्यक्षथापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइजनामको म्यानपावरबाट युएई पुगेका थिए ।