समाज

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस

०६ जेठ, चितवन , चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ ।मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ नीति तथा कार्यक्रममा समावेश… पुरा पढौ

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेको आयोजकले दाबी गरेको छ । दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले दाबी गरे । मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री… पुरा पढौ

गण्डकी प्रदेश यु–१६ छनौंट क्रिकेट प्रतियोगिता शुरु ः कास्कीको विजयी शुरुवात

जेष्ठ ६,पोखरा, प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा यु–१६ गण्डकी प्रदेश छनौंट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ । टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकि छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको व्याटिङमा प्लेयर अफ द म्याच समेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे… पुरा पढौ

पोखरामा प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता आज देखि,उद्घाटन खेलमा कास्की र बागलुङ भिड्दै

दीननाथ बराल, पोखरा ६, जेठ, गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा आज (मंंगलबार) देखि पोखरामा १६ बर्ष मुनिका खेलाडीहरु सहभागि गण्डकी प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा एक साता संचालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो । उहाँका अनुसार आजको उद्घाटन खेलमा कास्की क्रिकेट संघ र बागलुङ क्रिकेट संघ बिच खेल हुने भएको छ । लिगकम नकाउटका आधारमा खेल संचालन हुने भएको… पुरा पढौ

रानीपौवामा निःशुल्क शिविर, १५२ जना लाभान्वित

पोखरा, ५ जेठ, जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको… पुरा पढौ

पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा

पोखरा, ५ जेठ, उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो । यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ ।… पुरा पढौ

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू अभिभावकीय जिम्मा, आजीवन सदस्य र शिलालेखमा आफ्नो नाम टिपाउनका लागि उत्साहित भएका छन् । मानव सेवामा… पुरा पढौ

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिकारी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन हुनु भएको क्यानले जनाएको छ । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका हुन् । नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा २० बर्ष भन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

दीननाथ बराल,पोखरा ५, जेठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ । पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा… पुरा पढौ

“एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गर्यो

दीननाथ बराल,पोखरा ५, जेठ, “एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गरेको छ । कार्यालयमा वातावरण मैत्रि फुल विरुवा रोप्दै कार्यालयको सौन्दर्यताको लागि उक्त अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले पोखराक्लिकलाई बताउनु भयो । कार्यालयमा कार्यरत १ सय जना सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई ४ वटा हाउसमा विभाजन गरी प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधी बनाई मुल्यांकन समिति समेत गठन गरी प्रत्येक प्रहरी कर्मचारीहरुलाई १÷१ वटा गमला हस्तान्तरण… पुरा पढौ